PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​मोजाको भकुण्डो मात्र खेलेका ठाकुर गैरे फूटबलका फ्यान



पहिलोपोस्ट

​मोजाको भकुण्डो मात्र खेलेका ठाकुर गैरे फूटबलका फ्यान

एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे सानैदेखि फूटबलमा आकर्षित थिए। तर उनलाई आधुनिक जमानाको फूटबल खेल्न भने कहिलै जुरेन। 
गाउँमा सानै छँदा मोजाको भकुण्डोमा फूटबल खेलेका गैरे अधिकांश समय गोलकिपर बनेर खेले। विद्यालय शिक्षा सकेर जब उनले गाउँ छोडे, तब उनलाई फेरि फूटबल खेल्ने अवसर जुरेन। अर्थात् त्यो अवसर उनले जुराउन सकेनन्। 

नखेले पनि उनी अहिलेसम्म पनि फूटबलका फ्यान भने छन्। उनी मात्र हैन, उनका छोरा पनि फूटबलकै फ्यान भएका छन्। छोराकै कारण उनी विश्वकप लगायत अन्य महत्वपूर्ण खेल हेर्न काठमाडौका सार्वजनिक स्थलमा राखिने बिग स्क्रिनमा पुग्छन्।  

उनले युरोकप हेरिरहे पनि कुनै टिम विशेषको फ्यान भइसकेका छैनन्। 'पहिलो चरणमा होइन, फाइनलमा मात्र टिम छान्छु म,'  उनले भने, 'अहिले टिम छान्ने अनि फाइनलमै त्यो टिम नपुगेपछि अर्को टिमलाई समर्थन गर्ने भन्ने त हुँदैन नि।'  

उनले फूटबल खेलको महत्व र आकर्षण नियममा बाँधिएकै कारण बढेको भन्दै नियम नमाने केही कुराको पनि अस्तित्व नरहने बताए।  'नियममा नबाँधिने र रेफ्रीको निर्णय नमान्ने, अनुशासन पालना नहुने भए न कसैले विश्वकप वा अन्य खेल आयोजना गर्न सक्थे न त आजसम्म फूटबल खेल र त्यसप्रतिको आकर्षण नै बाँकी रहन्थ्यो'  गैरेले भने। 

'नेपालको जर्सी लगायर नेपाली खेलाडीले विश्वकप खेलेको हेर्ने इच्छा छ,' गैरेले भने,  'खेलको नियम पालना हेर्न पनि सबैले फूटबल हेर्न जरुरी छ।' फूटबलमा खेलाडिले रेफ्रीको निर्णय पालना गरेझै अनुशासित नभए राजनीति पनि लगामबाहिर पुग्ने उनी बताउँछन्।

'गल्ती गरेको होस वा नगरेको नै रेफ्रीले निर्णय गरेपछि खेलाडीले त्यसलाई सहस्र स्वीकार गर्छन' उनले भने, 'तर राजनीतिमा आफैले बनाएको नियम समेत पालना नगर्दा धेरै समस्या आएका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell