PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी



पहिलोपोस्ट

युरो प्रेडिक्सन : आजको खेलमा यस्तो छ ज्योतिषीको भविष्यवाणी

युरो कप फुटबल अन्तर्गत समूह सी को अन्तिम खेलहरुमा आज ९ बजेर ४५ मिनेटमा युक्रेनर पोल्याण्ड तथा उत्तरी आयरल्याण्ड र जर्मनी भिड्दैछन्। त्यस्तै मध्यराती १२ बजेर ४५ मिनेटमा हुने खेलमा चेक गणतन्त्र र टर्की तथा क्रोएसिया र फ्रान्स भिड्दैछिन्। 

त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा पाउल नामको अक्टोपसले गरेको भविष्यवाणी चर्चामा आएको थियो।

भविष्यवाणी मिल्ने/नमिल्ने आफ्नो ठाउँमा छ। तर ज्योतिष के भन्छन्, यसबारे जानकारी लिन हामी युरोकप २०१६ का खेल अगाडि नै हरेक खेलको ज्योतिषको भविष्यवाणी राख्दैछौँ। 

को जित्ने, को हार्ने?


ज्योतिष डा. सुनिल सिटौला दिउँसो ४ बजेर २० मिनेटको शासकीय ग्रह अनुसार युक्रेनले पोल्याण्डलाइ हराउने भविष्यवाणी गर्छन्। त्यस्तै नर्दन आयरल्याण्डले जर्मनीलाइ हराउने उनको भविष्यवाणी छ।

मध्यराती १२ जबेर ४५ मिनेटमा हुने खेलमा भने क्रोएसियाले स्पेनलाइ हराउने शासकिय ग्रहको आधारमा उनले भविष्यवाणी गरेका छन्। टर्की र चेक रिपब्लिकबीचको खेलमा भने चेक विजयी हुने उनको भविष्यवाणी छ। 

'बराबरी हुने स्थिलाई गणित गरिएको छैन। उनी आफ्नो भविष्यवाणी बारे थप बताउँछन्। 

सिटौला आफ्नो भविष्यवाणीको पक्षमा तर्क गर्दै भन्छन्, 'ज्योतिषले प्रश्नमाथि चिन्तन गर्दाको लग्नेस, लग्न नक्षत्रेस, चन्द्र रासिस, चन्द्र नक्षत्रेस र वारेसलाई शासकीय मान्छ र त्यसको केही जोड घटाउ गरेर सटीक फलादेश गर्छ।'

सिटौला आफ्ना अधिकांश फलादेश सही भएको दावी गर्छन्। अण्डर २३ विश्वकप फुटबल र अन्डर १९ क्रिकेटमा आफ्नो भविष्यवाणी सही भएको जिकिर गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell