PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

घाइते दुई नेपाली दिल्लीमा, रेस्क्यु टोली काबुल उड्न तयार, फर्कन चाहने नेपालीलाई ल्याइने



सविन ढकाल

घाइते दुई नेपाली दिल्लीमा, रेस्क्यु टोली काबुल उड्न तयार, फर्कन चाहने नेपालीलाई ल्याइने

काठमाडौँ : अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा परी घाइते भएका दुई जनालाई भारतको दिल्लीमा पुर्‍याइएको छ। 

परराष्ट्र मन्त्रालयले म‌ंगलबार गरेको पत्रकार सम्मेलनमा चितवनका कृष्णबहादुर देउजा र मानबहादुर थापालाई दिल्लीको अपोलो अस्पतालमा उपचार हुँदै गरेको जानकारी दिइयो। 

सोमबार भएको आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए। 

रेस्क्युका लागि टिम तयार

परराष्ट्र प्रवक्ता भरतराज पौडेलका अनुसार थप घाइतेलाई ल्याउन रेस्क्यु टोली तयार अवस्थामा राखिएको छ। रेस्क्यु टोलीमा तीन जना सैनिक, दुई जना प्रहरी, वैदेशिक रोजगार विभागका एक जना प्रतिनिधि तथा गृह र परराष्ट्र मन्त्रालयका एक-एक प्रतिनिधि रहेको जानकारी उनले दिए। 

'रुट पर्मिसन पाउने बित्तिकै नेपाल एयरलाइन्सको जहाज काबुल उड्छ', उनले भने। घाइतेमध्ये तीन जनालाई दिल्लीमा ल्याउने तयारी भइसकेको उनले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेकोले त्यहाँका चिकित्सकले अनुमति दिए दिल्लीमा ल्याउने नत्र त्यहीँ उपचार जारी राख्ने उनले बताए। 

अफगानिस्तानमा रहेका इच्छुक नेपाली आउन सक्ने

नेपाल एयरलाइन्सको विमानमा अफगानिस्तानमा कार्यरत कुनै नेपाली फर्कन चाहे आउन सक्ने जानकारी प्रवक्ता पौडेलले दिए। अफगानिस्तानमा औपचारिक रुपमा नगएकाहरु समेत गरी १० हजार जना नेपाली रहेको अनुमान छ। 

अफगानिस्तानमा नेपालको दूतावास रहेको छैन। त्यहाँको कार्यक्षेत्रसमेत तोकिएका पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्याल अहिले काबुल पुगेर समन्वयको काम थालिसकेको उनले जानकारी दिए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell