PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

​युरोपछि ज्लाटन इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने



पहिलोपोस्ट

​युरोपछि ज्लाटन इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले युरो कप पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन्। 

इब्राहिमोभिचले युरोकपको अन्तिम खेल नै स्वीडेनको लागि आफ्नो अन्तिम खेल हुने बताएका छन्। तर त्यो भोली नै नहोस भन्ने उनको आशा छ।
''मैले हात पारेको उपलब्धीमा म एकदमै खुशी छु र स्वीडेनको झण्डा सँधै साथमा राख्नेछु' उनले भने

३४ वर्षिय इब्राहिमोभिच स्वीडेनका सर्वाधिक गोलकर्ता समेत हुन्। सन् २००१ मा स्वीडेनका लागि डेब्यु गरेका उनले ११२ खेलमा ६२ गोल गरेका छन्। 

गत वर्ष फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाडेका उनी अहिले कुनै पनि क्लबमा आवद्ध छैनन् तर इंग्लिस क्लब म्यानचेष्टर जाने उनको सम्भावना बढी रहेको बताइएको छ।

युरोकप अन्तर्गत इब्राहिमोभिचको कप्तानीमा रहेको स्वीडेन समूहको अन्तिम खेलमा भोली बेल्जियमसँग खेल्दैछ। सुरुका दुई खेलमा गोल गर्न नसकेको उनले अन्तिम खेलमा गोल गरे युरोको चार फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बन्नेछन्। 

स्वीडेन पहिलो खेलमा आयरल्याण्डसँग बराबरीमा रोकिएके थियो भने दोस्रो खेलमा इटलीसँग पराजित भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell