
विश्व च्याम्पियन जर्मनी र पोल्याण्ड समूह सी बाट विजेता र उपविजेता बन्दै युरो २०१६ को अन्तिम १६ मा प्रवेश गरेका छन्।
दुवै टीम समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन्। समूह चरणको खेलपछि जर्मनी र पोल्याण्डले समान सात अंक जोडे पनि गोल अन्तरको आधारमा जर्मनी समूह विजेता र पोल्याण्ड उपविजेता बनेको हो।
गएराती भएको खेलमा विश्व विजेता जर्मनीले उत्तरी आयरल्याण्डलाई १–० गोल अन्तरले हरायो। जर्मनीका लागि मारियो गोमेजले निर्णायक गोल गोल गरे।
खेलमा जर्मनीले गोल गर्ने दर्जौनौ अवसर प्राप्त गरेपनि केहीमा आयरल्याण्डका गोलरक्षक बाधक बनेका थिए भने केहीमा जर्मनीका खेलाडी चुकेको थिए।
यता हारपछि तीन खेलबाट ३ अंक नै जोडेको उत्तरी आयरल्याण्ड समूहको तेस्रो स्थानमा छ र तेस्रो स्थानमा रहनेमध्येबाट उत्कृष्ट हुँदै अन्तिम १६ मा छानिने सम्भावना रहेको छ।
पोल्याण्डकाे प्रतिद्वन्दी स्विट्जरल्याण्ड

गएराती नै भएको अर्को खेलमा पोल्याण्डले युक्रेनलाई १–० कै नतिजामा पराजित गर्यो। जितसँगै जर्मनी समान ७ अंक जोडेको पोल्याण्ड पहिलो पटक युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ। पोल्याण्डको जितमा ज्याकुव क्लाकोवस्कीले निर्णायक गोल गरे।
अब जर्मनीले अन्तिम १६ मा समूह ए वा बी वा एफ को तेस्रो स्थानमा रहनेमध्ये एक टीमसँग खेल्नेछ। पोल्याण्डले समूह ए को उपविजेता स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।