PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​चेक टर्कीसँग हारेपछि उत्तरी आयरल्याण्ड र स्लोभाकिया पनि अन्तिम १६ मा, टर्कीको सम्भावना कायमै



पहिलोपोस्ट

​चेक टर्कीसँग हारेपछि उत्तरी आयरल्याण्ड र स्लोभाकिया पनि अन्तिम १६ मा, टर्कीको सम्भावना कायमै

फुटबलमा कहिलेकाँकी आफुले खेलेर मात्र हुँदैन भाग्य पनि आफ्नो साथमा हुनुपर्छ। ठिक त्यस्तै भयो उत्तरी आयरल्याण्डको लागि पनि।

समूह चरणको अन्तिम खेलमा उत्तरी आयरल्याण्ड जर्मनीसँग पराजित भयो र ३ अंकका साथ तेस्रो स्थानमा रह्यो। तर समूह डी को खेलमा टर्कीले चेकलाई पराजित गरेपछि आयरल्याण्डलाई लक लागेको हो।
 
यस नतिजा सँगै पहिलो पटक युरो कप खेल्दै गरेका स्लोभाकिया र उत्तरी आयरल्याण्ड पनि तेस्रो स्थानमा रहने मध्येबाट उत्कृष्ट बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।
 
स्लोभाकियाको ४ अंक छ भने उत्तरी आयरल्याण्डको ३ अंक छ। यस्तै चेकलाई पराजित गरेको टर्की, समूह ए को तेस्रो स्थानमा रहेको अल्वानियाको पनि समान ३ अंक नै छ अन्तिम १६ मा छनोट हुने सम्भावना कायमै छ।
त्यसका लागि समूह ई र समूह एफका अन्तिम चरणका खेलहरु कुनुपर्नेछ, जुन आज राती हुँदैछ।
 
अब तेस्रो स्थानमा रहनेमध्येबाट अन्तिम दुई टोली टुङ्गो लाग्न बाँकी छ। युरोकपमा पहिलो पटक सहभागी संख्या बढाएर २४ पुर्याएसँगै यो पटक ६ समूहमध्ये उत्कृष्ट तेस्रो स्थानमा रहने चार समूहका टीम पनि अन्तिम १६ मा प्रवेश गर्ने प्रावधान रहेको थियो।
 
समूह बी को तेस्रो बनेको स्लोभाकियाले अब अन्तिम १६ मा समूह सी को विजेता जर्मनी वा डी को विजेता क्रोएसिया मध्ये एकसँग खेल्नेछ। यस्तै उत्तरी आयरल्याण्डले समूह ए को विजेता फ्रान्स वा समूह बी को विजेता वेल्स मध्ये एकसँग खेल्नेछ। 

यता टर्कीसँग हारेको चेक, रोमानिया, रसिया र युक्रेन भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell