PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

काठमाडौंबाट उडेको विमान काबुल अवतरण, मृतक र घाइते नेपाली ल्याउने तयारी गरिँदै



पहिलोपोस्ट

काठमाडौंबाट उडेको विमान काबुल अवतरण, मृतक र घाइते नेपाली ल्याउने तयारी गरिँदै

काठमाडौं : काबुल हमलामा मारिएका र घाइते नेपालीहरु लिनका लागि आज बिहान काठमाडौंबाट उडेको विमान अफगानिस्तान पुगेको छ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एअरबस बिहान करिब ६:३० बजे अफगानिस्तानको राजधानी काबुल अवतरण गरेको हो।
 
सोमबार काबुलमा भएको आत्मघाती तालिवानी हमलामा परी मृत्यु भएका १२ जना नेपाली र अन्य घाइते लिनका लागि विमान बिहान साढे ३ बजे त्यसतर्फ उडेको थियो।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अफगानिस्तानसम्म नेपालको सिधा उडान अनुमति नभएकोले भारत, पाकिस्तान र भारतसँग ओभर फ्लाइङ पर्मिसन लिएर त्यसतर्फ उडाइएको हो।
 
परराष्ट्र मन्त्रालयले चार्टर गरेको विमानमा सेनाबाट तीन जना, प्रहरीका दुई जना, वैदेशिक रोजगार विभागका एक जना प्रतिनिधि तथा गृह र परराष्ट्र मन्त्रालयका एक-एक प्रतिनिधि रहेका मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।
 
प्रवक्ता पौडेलका अनुसार विमानको पहिलो प्राथमिकता शव र घाइते ल्याउने भए पनि त्यहाँ रहेका स्वदेश फर्कन चाहने नेपालीलाई क्षमताले भ्याएसम्म एयरलिफ्ट गरिनेछ।

अफगानिस्तानमा औपचारिक रुपमा नगएकाहरु समेत गरी १० हजार जना नेपाली रहेको अनुमान छ।
 
अफगानिस्तानमा रहेका नेपाल फर्कन चाहनेहरुले काबुल पुगेका कार्यवाहक राजदूतलाई मोबाइल नम्बर +923045441953  वा इमेलः   [email protected][email protected] सम्पर्क गर्न सक्नेछन्।



फोटो : केदार सङ्केत

फोटो : सुनिल कुमार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell