PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

रामचन्द्र पौडेलको प्रश्न- 'सत्ताका कुरामात्र किन, संविधान कार्यान्वयन र निर्वाचनतिर खोइ चासो?



पहिलोपोस्ट

रामचन्द्र पौडेलको प्रश्न- 'सत्ताका कुरामात्र किन, संविधान कार्यान्वयन र निर्वाचनतिर खोइ चासो?

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता-सहमतिका कुरा छाडेर संविधान कार्यान्वयनतिर लाग्नुपर्नेमा जोड दिएका छन्।

सत्ता चलखेलका कुरामात्र भइरहेको भन्दै पौडेलले संविधान कार्यान्वयन र निर्वाचन गराउनेतिर किन ध्यान जाँदैन? भनी प्रश्न गरेका थिए।

व्यवस्थापिका संसदको आजको बैठकका बोल्दै नेता पौडेलले गाउँपालिका, प्रदेश लगायतको निर्वाचनका लागि प्रधामन्त्री र आफ्नो पार्टीका नेताहरुलाई समेत ध्यानार्षण गराइसकेको बताए।

मधेसी र जनजातिहरुको माग सम्बोधनमा सरकार चुकेको र भूकम्पपीडितहरुलाई अझै राहत पुर्‍याउन नसकेको भन्दै सरकारको आलोचना गरे। 'पहिलेको सरकारले अन्तर्राष्ट्रिय दाता सम्मेलन गरेर चार खर्ब जम्मा गर्‍यो,' पौडेलले भने, 'अहिलेको सरकारले भने आफ्ना मान्छेलाई मात्र परिचालन गरिरहेको छ। हिउँद र बर्खा झेलेका पीडितहरुलाई राहत पुर्‍याउनेतिर ध्यान छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell