PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

पाँच घाइतेलाई दिल्ली लगियो, २४ नेपाली निगमको जहाजबाट स्वदेश फर्किँदै



सविन ढकाल

पाँच घाइतेलाई दिल्ली लगियो, २४ नेपाली निगमको जहाजबाट स्वदेश फर्किँदै

काठमाडौँ : अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा घाइते भएका पाँच जनालाई थप उपचारका लागि आज दिल्ली लगिएको छ। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार प्रेमबहादुर क्षेत्री, चेतप्रसाद शेरचन, कुमारबहादुर गुरुङ, कृष्णकुमार देउजा र अमृत रोकाया क्षेत्रीलाई काबुलको समय अनुसार बिहान १० बजे साफी एयरलाइन्सबाट दिल्ली लगिएको हो। 

त्यसैगरी आज बिहान पठाइएको निगमको विमानबाट अफगानिस्तानमा काम गरिरहेका २४ नेपाली स्वदेश फर्कन लागेको उनले जानकारी दिए। शव र घाइतेलाई प्राथमिकता दिइए पनि क्षमताले भ्याएसम्म नेपाल फर्कन चाहनेलाई एयरलिफ्टको सुविधा दिने परराष्ट्रले बताएको थियो। 

फोटो साभार : सुनील कुमार 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell