
फ्रान्समा जारी युरो अन्तर्गत आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्। जस अन्तर्गत समूह एफमा रहेको पोर्चुगल र हंगेरी तथा आइसल्याण्ड र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।
हंगेरीविरुद्ध मैदान उत्रँदा पोर्चुगल र रोनाल्डोलाई बढी दबाब हुनेछ। कारण प्रतियोगिताअगाडि उपाधिकै दाबेदारका रुपमा हेरिएको पोर्चुगल र रोनाल्डोमाथि धेरैको नजर थियो। पोर्चुगल सजिलै दोस्रो चरण प्रवेश गर्ने धेरैले सोचेका थिए। तर समूह चरणको दुई खेल सकिँदासम्म पोर्चुगल दुई अंकसहित अंक तालिकामा तेस्रो स्थानमा रहेको छ।
पहिलो खेलमा डेब्युटान्ट आइसल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा अष्ट्रियाविरुद्ध गोल गर्नै सकेन र गोलरहित बराबरीमा रोकिएको थियो। यस खेलमा रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल भएका थिए। यदि रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका भए अहिले पोर्चुगल नकआउट चरण नजिक हुने थियो।
पेनाल्टीमा गोल गर्न नसकेको भन्दै रोनाल्डोको धेरै आलोचना पनि भयो। रोनाल्डोले यस संस्करणमा अहिलेसम्म गोल गर्न सकेका छैनन्। यसअघिका तीन संस्करणमा गोल गरेका रोनाल्डो यस संस्करणमा गोल गर्न सफल भए लगातार चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन्। यस्तै रोनाल्डोलाई मिचेल प्लाटिनीको नाममा रहेको युरोको सर्वाधिक गोलकर्ताको रेकर्ड समेत भेट्टाउने मौका थियो। प्लाटिनीले अहिलेसम्म युरोमा ९ गोल गरेका छन्। त्यसलाई ब्रेक गर्न सक्ने खेलाडीको रुपमा रोनाल्डो र ज्लाटन इब्राहिमोभिचलाई हेरिएको थियो तर दुवै खेलाडी गोल गर्न सकिरहेका छैनन्। दुवैले युरोमा अहिलेसम्म समान ६ गोल गरेका छन्।
यता पोर्चुगलको प्रतिद्वन्द्वी हंगेरी भने नकआउट चरण पुग्ने लगभग निश्चित नै छ। दुई खेलबाट चार अंक जोडेको हंगेरी समूह एफको शीर्ष स्थानमा छ र शीर्ष दुईमा रहँदै अन्तिम १६ मा प्रवेश गर्न पोर्चुगलविरुद्ध बराबरी नै काफी हुनेछ।
पहिलो खेलमा अष्ट्रियालाई पराजित गरेको हंगेरीले दोस्रो खेलमा आइसल्याण्डसँग बराबरी खेलेको थियो।
हंगेरीले पोर्चुगललाई पराजित गरे समूह विजेता बन्नेछ भने पोर्चुगल विजयी भए नकआउट चरणमा प्रवेश गर्नेछ।
इतिहास भने पोर्चुगलको पक्षमा छ। हंगेरीले अहिलेसम्म पोर्चुगललाई हराउन सकेको छैन। १० खेलमध्ये पोर्चुगल ७ मा विजयी भएको छ भने ३ देल बराबरी भएको छ।
खेल हुने समय : राति ९:४५
यसअघिका खेल : हंगेरी २–० अष्ट्रिया, हंगेरी ०–० आइसल्याण्ड, पोर्चुगल १–१ अष्ट्रिया, पोर्चुगल ०–० आइसल्याण्ड
फिफा वरियता : हंगेरी, पोर्चुगल
युरोमा सहभागिता : हंगेरी ३, पोर्चुगल ७
मुख्य उपलब्धि : पोर्चुगल उपविजेता २००४
हेर्नलायक खेलाडी : रेनाटो सान्चेज, पोर्चुगल
रेफ्री : मार्टिन एटकिनसन, इंगल्याण्ड
हेड टु हेड : पोर्चुगल ७, बराबरी ३, हंगेरी ०
सम्भावित लाइनअप
हंगेरी : किरली, लाङ, गुजमिक्स, जुहास, काडर, नागी, गेरा, डुजाक, क्लेइनहेसलर, लभरेनसिक्स, एसजलाईपोर्चगल : रुई प्याट्रिटियो, भिएरिन्हा, रिकार्डो कार्भाल्हो, पेवे, एलिसेउ, विलियम कार्भाल्हो, जाओ माउटिन्हो, रेनाटो सान्चेज, रिकार्डो क्वेरेस्मा, नानी, क्रिस्टियानो रोनाल्डो
आइसल्याण्ड र अष्ट्रियाको नजर नकआउट चरणतिर
समूह एफ अन्तर्गत नै आइसल्याण्ड र अष्ट्रियाबीचको खेल हुँदा दुवैको नजर नकआउट चरणमा हुनेछ। समूह चरणको दुई खेलपछि आइसल्याण्डको ई तथा अष्ट्रियाको एक अंक छ। अष्ट्रियाविरुद्ध जित हात पारे आइसल्याण्ड अन्तिम १६ मा पुग्नेछ भने बराबरी भए अन्य खेलको नतिजा कुर्नुपर्नेछ। यता अष्ट्रियाको लागि भने आइसल्याण्ड विरुद्धको खेल जित्नैपर्ने चुनौती छ।आइसल्याण्डले यसअघि पोर्चुगल र हंगेरीसँग बराबरी खेलेको थियो। यता अष्ट्रिया पहिलो खेलमा हंगेरीसँग पराजित भएको थियो पोर्चुगलसँग बराबरी खेलेको थियो।
खेल हुने समय : राति ९:४५ बजे
यसअघिका खेल : आइसल्याण्ड १–१ पोर्चुगल, आइसल्याण्ड १–१ हंगेरी, अष्ट्रिया ०–२ हंगेरी, अष्ट्रिया ०–० पोर्चुगल
फिफा वरियता : आइसल्याण्ड ३४, अष्ट्रिया १०
युरोमा सहभागिता : आइसल्याण्ड १, अष्ट्रिया २
हेर्नलायक खेलाडी : डेविड अलावा, अष्ट्रिया
रेफ्री : सिमोन मार्सिएनिक, पोल्याण्ड
हेड टु हेड : अष्ट्रिया १, बराबरी २
सम्भावित लाइनअप
आइसल्याण्ड : हान्स हलडोरसन, बिरकिर साभारसन, रग्नार सिगुरसन, कारी अर्नासन, अरी स्कुलासन, जोहन गुडमुडसन, गिल्फी सिगुरसन, आरोन गुनारसन, बिरकिर बिजारनासन, कोलबेइन सिग्थोरसन, जोन डादी बोडभारसनअष्ट्रिया : रोबर्ट अल्मर, फ्लोरिन क्लेइन, सेबास्टियन प्रोड, ड्रागाभिक, क्रिस्टियन फुच, डेविड अलावा, जुलियन बाउमगार्टिङ्गर, मार्टिन हार्निक, स्कोफ, मार्को अर्नाउटोभिक, मार्क जान्को