PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

२०१७ को महिला विश्वकपको एसियाली छनोट हङकङमा



पहिलोपोस्ट

२०१७ को महिला विश्वकपको एसियाली छनोट हङकङमा

सन् २०१७ मा आयोजना हुने महिला विश्वकपका लागि एसियाली छनोट यसै वर्ष हङकङमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले हङकङलाई एसियाली छनोटको जिम्मा तोकेको हो।

छनोट चरणका खेलहरु आगामी अक्टोबर ९ देखि १५ सम्म टिन कोवङ रिक्रिएसन ग्राउण्डमा हुनेछ।

एसियाली छनोटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले सहभागिता जनाउनेछन्।

एसियाली छनोटमा शीर्ष स्थानमा रहने टीम सन् २०१७ मा आयोजना हुने ग्लोबल छनोटमा छानिनेछ। छनोट खेलहरु राउण्ड रोविन लिगको आधारमा खेलाइनेछ।

सन् २०१७ को महिला विश्वकप इंगल्याण्डमा हुनेछ। जसमा ८ राष्ट्रले भाग लिनेछन्। विभिन्न महादेशबाट छानिएका ६ टीम र महिला च्याम्पियनसीपको आठ मध्ये शीर्ष चार बाहेकका चार गरी दश टीमले छनोट खेल्नेछ।

सन् २०१६ देखि २०१६ सम्म चल्ने महिला च्याम्पियनसिपमा शीर्ष आठ टीम रहेका छन्।
फोटो : आइसीसी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell