PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

रोनाल्डोले फाले रिपोर्टरको माइक्रोफोन, हेर्नुस् भिडियोमा



पहिलोपोस्ट

रोनाल्डोले फाले रिपोर्टरको माइक्रोफोन, हेर्नुस् भिडियोमा

युरोकप २०१६ मा राम्रो प्रदर्शन गर्न नसकेका कारण आलोचित बनिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो फेरि खराब व्यवहारका कारण आलोचित बनेका छन्।

समूह चरणको अघिल्लो दुई खेलमा बराबरीमा रोकिएको पोर्चुगलले समूह चरणको अन्तिम खेलमा हंगेरीसँग खेल्दैछ।
 
बुधबार हंगेरी विरुद्धको खेल हुनुअघि सिएम टिभी च्यानलका रिपोर्टरले रोनाल्डोलाई 'तयारी कस्तो छ' भनेर सोध्न माइक्रोफोन अगाडि बढाएका थिए। तर रोनाल्डोले कुनै जवाफ त दिएनन् नै, उक्त रिपोर्टरको हातबाट माइक्रोफोन तानेर नजिकैको पोखरीमा फालिदिए। अनि, सरासर अघि बढे।

कसरी आवेशमा आए रोनाल्डो? हेर्नुस् भिडियोमा-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell