PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

लाभेज्जी कोपा अमेरिका फाइनलबाट अहिले नै आउट, यसरी भाँचियो उनको हात



पहिलोपोस्ट

लाभेज्जी कोपा अमेरिका फाइनलबाट अहिले नै आउट, यसरी भाँचियो उनको हात

अर्जेन्टिनी फरवार्ड एजेक्वेल लाभेज्जी अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोमा आफ्नो दोस्रो खेल खेल्दै थिए। समूह चरणको सुरुवाती दुई खेलमा मौका नपाएका लाभेज्जीले समूह चरण अन्तर्गत बोलिभिया विरुद्धको खेल खेलमा मैदान उत्रने मौका पाएका थिए।

त्यसपछि भेनेजुएला विरुद्धको क्वाटरफाइनल खेलमा उनले मैदान उत्रने अवसर पाएनन्। तर आयोजक अमेरिका विरुद्धको सेमिफाइनल खेलमा प्रशिक्षक जेरार्ड मार्टिनोले लाभेज्जीलाई पहिलो रोजाइँमै मैदान उतारे।

लाभेज्जीले आफ्नो उपस्थितिलाई न्याय पनि गरे। खेलको तेस्रो मिनेटमै कप्तान लियोनल मेसीको पासमा गोल गर्दै लाभेज्जीले अर्जेन्टिनालाई अग्रता दिलाए।

तर दोस्रो हाफमा उनी सब्सिच्युट भए। कारण थाकेर वा खेल्न नसकेर होइन। कारण यस्तो छ - खेलको ६२ औं मिनेटमा ज्याभिएर मास्केरानोले दिएको लामो पास कन्ट्रोन गर्ने क्रममा लाभेज्जी विज्ञापन बोर्ड पछाडि लडे। लाभेज्जीले आफ्नो सन्तुलन कायम राख्न नसक्दा लडे र उनको हात भाँचियो। त्यसक्रममा लाभेज्जीको खुट्टाले एक जना स्टेवार्टलाई समेत लागेको थियो।
 

घाइते भएपछि उनलाई मैदान बाहिर लगियो र उनको स्थानमा एरिक लामेला मैदान प्रवेश गरे। उक्त खेलमा अमेरिकालाई ४–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। तर घाइते लाभेज्जीले भने फाइनल खेल गुमाउनेछन्।

अर्जेन्टिनाले भोलि बिहान हुने कोलम्विया र चिली बीचको विजेतासँग उपाधिका लागि खेल्नेछ। त्यसमा लाभेज्जी हुने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell