PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

माओवादी केन्द्रको केन्द्रीय समिति नै पन्ध्र सयको, कुन प्रदेशको जिम्मा कसलाई?



पहिलोपोस्ट

माओवादी केन्द्रको केन्द्रीय समिति नै पन्ध्र सयको, कुन प्रदेशको जिम्मा कसलाई?

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति १५ सय सदस्यीय बन्ने भएको छ। 

केन्द्रीय कार्यालयको विस्तारित बैठकले एकता महाधिवेशन आयोजक समितिको सदस्य संख्या १ हजार ९९ बाट बढाएर १ हजार ४ सय ९९ सदस्यीय बनाउने निर्णय गरेको हो। त्यस्तै २५५ सदस्यीय पोलिटब्यूरोलाई २९९ सदस्यीय तथा ८५ सदस्यीय सचिवालयलाई ९९ सदस्यीय बनाउने निर्णय गरेको छ। त्यसैगरि ९ सदस्यीय केन्द्रीय कार्यालयलाई विस्तार गरी ३३ सदस्यीय बनाएको छ। 

केन्द्रकी प्रवक्ता पम्फा भुषालले पत्रकार सम्मेलन गरि कार्यलयको निर्णय सार्वजनिक गरेकी हुन्। 

त्यस्तै माओवादी केन्द्रले प्रदेश इन्चार्ज र संयोजकहरुको समेत जिम्मेवारी बाँडफाँड गरेको छ।

कुन प्रदेशको को?

  • प्रदेश नं १ –राम कार्की
  • प्रदेश नं २– मात्रिका यादव
  • प्रदेश नं ३– रामबहादुर थापा ‘बादल’
  • प्रदेश नं ४– देव गुरुङ
  • प्रदेश नं ५– वर्षमान पुन
  • प्रदेश नं ६– जनार्दन शर्मा
  • प्रदेश नं ७– लेखराज भट्ट
प्रवास– नारायणकाजी श्रेष्ठ
सदन– कृष्णबहादुर महरा
दलको तर्फबाट सरकारको नेतृत्व टोपबहादुर रायमाझी  
 

कुन विभागहरुमा को? 

  • संगठन विभाग तथा केन्द्रीय कार्यालय इन्चार्ज रामबहादुर थापा बादल 
  • स्कुल विभाग–नारायणकाजी श्रेष्ठ, मणि थापा, लेखनाथ न्यौपाने
  • आदिवासी जनजाति विभाग–देव गुरुङ, गोपाल किराती र सुरेश आलेमगर
  • प्रचार विभाग–पम्फा भुसाल
  • जलस्रोत विभाग–लीलामणि पोख्रेल
  • उत्पादन तथा सहकारी र पर्यटन विभाग–लोकेन्द्र विष्ट मगर
  • अनुशासन विभाग– इन्चार्ज अमिक शेरचन
  • स्थानीय निकाय पुनरसंरचना समिति–देव गुरुङ, वर्षमान पुन, गोपाल किराती, विश्वभक्त दुलाल, उर्मिला अर्याल, हितमान शाक्य, प्रभु साह, गोमा कुँवर र जनक बुढ़ा
 
माओवादी केन्द्रले माघमा महाधिवेशनका अघिको कार्यतालिका समेत सकेको छ। जस अनुसार पार्टी सदस्यता नवीकरण र अभिलेखिकरण भदौ मसान्तसम्म सक्ने तथा पार्टीको स्थानीय तहका कमिटीहरुको सम्मेलन असोज मसान्तसम्म सक्ने उल्लेख छ। त्यस्तै जिल्ला सम्मेलनहरु कार्तिक मसान्तसम्म सक्ने जनाएको छ। त्यस्तै प्रदेश सम्मेलनहरु मंसिर मसान्तसम्म गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell