
फ्रान्समा जारी युरो अन्तर्गत आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्। जस अन्तर्गत समूह ई मा रहेको इटली र आयरल्याण्ड तथा स्वीडेन र बेल्जियम बीच प्रतिस्पर्धा हुँदैछ।
समूह ई बाट इटली अन्तिम १६ मा पुगिसकेको छ। लगातार दुई खेल जितेको इटली ६ अंक जोड्दै यसअघि नै समूह विजेता बनिसकेको छ। त्यसैले बाँकी तीन टीम समूह उपविजेता बन्ने होडमा छ।
एकै समयमा खेल हुने हुँदा सबै टीमलाई चुनौती हुनेछ। स्वीडेन, बेल्जियम र आयरल्याण्डको लागी अन्तिम १६ मा प्रवेश गर्न स्पष्ट जितको खाँचो छ।
इटलीपछि बेज्लियम समूह ई को दोस्रो स्थानमा छ। पहिलो खेलमा इटलीसँग हारेको बेल्जियमले दोस्रो खेलमा आयरल्याण्डलाई पराजित गर्दै ३ अंक जोडेको हो। स्वीडेन विरुद्धको खेलमा जित वा बराबरीले पनि बेल्जियम नकआउट चरणमा पुग्नेछ।
यता स्वीडेनको लागि भने बेल्जियम विरुद्धको खेल जित्नै पर्ने बाध्यता छ। बराबरीले बेल्जियमलाई फाइदा पुगेपनि स्वीडेन भने बाहिरिन सक्नेछ।
बेल्जियम यस संस्करणमा युरो खेल्दै गरेको सबैभन्दा माथिल्लो वरियताको टीम हो। फिफा वरियतामा बेल्जियम अर्जेन्टिना पछि दोस्रो स्थानमा छ।
तर इटलीसँगको पहिलो खेलमा २–० ले हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा भने खेलमा फर्केको संकेत गर्दै आयरल्याण्डलाई ३–० ले पराजित गरेको थियो।
यता पहिलो खेलमा आत्मघाती गोल उपहार पाएपछि आयरलयाण्डसँग बराबरी खेलेको स्वीडेन दोस्रो खेलमा इटलीसँग पराजित भएको थियो।
बेल्जियम विरुद्धको खेल स्वीडेनको लागि जति महत्वपुर्ण छ त्यो भन्दा बढी स्टार फरवार्ड ज्लाटन इब्राहिमोभिचका लागि महत्व छ। ज्लाटनले युरोपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका छन् र फ्रान्स युरो २०१६ लाई यादगार बनाउन चाहन्छन्।
खेल हुने समय : मध्यराती १२ः४५ बजे
यसअघिका खेल : स्वीडेन १–१ आयरल्याण्ड, स्वीडेन ०–१ इटली, बेल्जियम ०–२ इटली, बेल्जियम ३–० आयरल्याण्ड
फिफा वरियता : स्वीडेन ३५, बेल्जियम २
युरोमा सहभागिता : स्वीडेन ६, बेल्जियम ५
मुख्य उपलब्धी : बेल्जियम उपविजेता १९८०
हेर्नलायक खेलाडी : ज्लाटन इब्राहिमोभिच स्वीडेन, रोमेलु लुकाकु, बेल्जियम
हेड टु हेट : स्वीडेन ५, बेल्जियम ८, बराबरी २
रेफ्रि : फेलिक्स ब्रिच, जर्मनी
सम्भावित लाइनअप
स्वीडेन : आन्द्रेएज इसाकसन, भिक्टोर लिन्डेलोफ, आन्द्रेएज गानभिस्ट, एरिक जोहानसन, मार्टिन ओल्सन, सेबास्टियन लार्सन, अल्विन एक्दल, किम काल्सट्रोम, एमिल फोर्सवर्ग, जोन गुइडेट्टी, ज्लाटन इब्राहिमोभिचबेल्जियम : टिबाउट कोर्टियस, मुनिर, टोवी एलडरवाइल्ड, थोमस भर्मालेन, जन भर्टोङ्गेन, एक्सल विटसल, राड्जा नाइङ्गोलन, ड्राइस मर्टेनस, एडेन हाजार्ड, बेभिन डे ब्रुएन, रोमेलु लुकाकु
इटली भर्सेस आयरल्याण्ड

इटली यसअघि नै लगातार दुई खेल जित्दै समूहको विजेता बनिसकेकाले आयरल्याण्ड विरुद्धको खेल औपचारिकता मात्र हुनेछ। पहिलो खेलमा बेल्जियमलाई पराजित गरेको इटलीले दोस्रो खेलमा स्वीडेनलाई हराएको थियो।
यता पहिलो खेलमा आत्मघाती गोल उपहार दिएपछि आयरल्याण्ड जित नजिक पुगेर पनि स्वीडेनसँग बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा बेल्जियमसँग पराजित भएको आयरल्याण्ड एक अंक मात्र छ। अन्तिम १६ मा स्थान बनाउन आयरल्याण्डको लागि एक मात्र विकल्प इटलीलाई हराउनु मात्र हुनेछ।
इटलीले आयरल्याण्ड विरुद्धको खेलमा आफ्ना मुख्य खेलाडीहरु गोलरक्षक जियानलुजी बफोन, चिलेइनी, बोनुचीलाई आराम दिने तयारीमा छ।
खेल हुने समय : मध्यराती १२ः४५ बजे
यसअघिका खेल : इटली २–० बेल्जियम, इटली १–० स्वीडेन, आयरल्याण्ड १–१ स्वीडेन, आयरल्याण्ड ०–३ बेल्जियम
फिफा वरियता : इटली १२, आयरल्याण्ड ३३
युरोमा सहभागिता : इटली ९, आयरल्याण्ड ३
मुख्य उपलब्धी : इटली विजेता १९६८
हेर्नलायक खेलाडी : स्टेफन अल सारावे, इटली
रेफ्रि : ओभिडिउ हाटेगन, रोमानिया
हेड टु हेट : इटली ८, आयरल्याण्ड २, बराबरी ३
सम्भावित लाइनअप
इटली : सिरिजु, डे सिग्लियो, बार्जाली, ओग्बोना, डार्मिन, बर्नाडेसी, थियागो मोट्टा, स्टुरारो, अलसारावे, सिमोन जाजा, सिरो इम्मोबाइलआयरल्याण्ड : डारेन रन्डोल्फ, सेमस कोलमन, डफी, ब्राडी, ओ शाह, जेफ हेन्डरिक, ग्लेन ह्विलन, क्विन, मर्फी, वेस हुलाहन, सेन लङ