PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

अष्ट्रियालाई हराउँदै आइसल्याण्ड अन्तिम १६ मा, रोनाल्डोको गोलसँगै पोर्चुगल नकअाट चरणमा



पहिलोपोस्ट

अष्ट्रियालाई हराउँदै आइसल्याण्ड अन्तिम १६ मा, रोनाल्डोको गोलसँगै पोर्चुगल नकअाट चरणमा

युरो खेल्ने राष्ट्रमध्ये सबैभन्दा कम जनसंखया भएको टीम आइसल्याण्ड समूह एफको उपविजेता बन्दै युरो २०१६ को अन्तिम १६ मा प्रवेश गरेको छ। 

समूह को अन्तिम खेलमा अष्ट्रियालाई २–१ ले हराउँदै आइसल्याण्ड पहिलो सहभागितामै नकआउट चरणमा पुगेको हो। 

खेलको १८ औं मिनेटमा जन डाडी बोडभारसनले गोल गर्दै आइसल्याण्डलाई पहिले अग्रता दिलाए। अष्ट्रियाले पहिलो हाफमै खेल बराबरी गर्ने अवसर प्राप्त गरेको थियो। तर ३७ औं मिनेटमा प्राप्त पेनाल्टीमा अष्ट्रियाका ड्रागोभिक गोल गर्न असफल रहे।

पहिलो हाफको खेलमा आइसल्याण्डको अष्ट्रियामाथि एक गोलको अग्रता कायमै राख्यो। तर ६० औं मिनेटमा स्कोफले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

निर्धारित समयको खेल बराबरीमै सकिएको थियो। तर इन्जुरी टाइमको चौथो मिनेटमा अर्नोउर ट्राउस्टासनले निर्णायक गोल गरेपछि आइसल्याण्ड २–१ ले विजयी भयो र पहिलो सहभागितामै अपराजित रहँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो

जितसँगै तीन खेलबाट ५ अंक जोडेको आइसल्याण्ड सम्रहको उपविजेता बन्दा एक अंक जोडेको अष्ट्रिया अंक तालिकामा पुछारमा रहँदै बाहिरियो। 


रोनाल्डो र डुजाकको २ गोल 

जारी युरोको एकै खेलमा सबैभन्दा धेरै गोल भएको खेलमा हंगेरी र पोर्चुगलले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे र दुवै टीम नकआउट चरणमा प्रवेश गरे ।

यसअघिका दुई खेलमा गोल गर्न नसकेको भन्दै आलोचित बनेका रोनाल्डोले हंगेरी विरुद्ध दुई गोल गर्दै लगातार चार युरोमा गोल गर्ने कीर्तिमान राखेको खेलमा पोर्चुगल तीन पटक पछि परेर पनि अन्तिममा हंगेरी विरुद्ध बराबरी गर्न सफल भयो।
 
बराबरीमै रोकिएपनि पोर्चुगल समूह एफको उपविजेता बन्दै नकआउट चरणमा पुग्ने सम्भावना थियो तर अर्को खेलमा आइसल्याण्ड अष्ट्रियालाई इन्जुरी टाइममा पराजित गरेपछि पोर्चुगल तेस्रो बनेको हो। खेलका हंगेरीका कप्तान बलाज डुजाक र पोर्चुगलका कप्तान रोनाल्डोले समान २ गोल गरे ।

खेलको १९ औं मिनेटमा जोल्टन जेराले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए। ४२ औं मिनेटमा पोर्चुगलका नानीले गोल गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै हंगेरीका कप्तान डुजाकले गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए। तर ५० औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। 

५५ औं मिनेटमा पुन डुजाकले गोल गरेपछि हंगेरीले ३–२ को अग्रता बनायो। तर ६२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा पुग्यो। त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन र बराबरी खेल्दै अंक बाँडे। बराबरीपछि ५ अंक जोडेको हंगेरी समूह विजेता बन्यो।
यता लागतार तीन बराबरी खेलेको पोर्चुगलले तीन अंक जोड्दै उत्कृष्ट तेस्रो बनेर अन्तिम १६ मा प्रवेश पायो।

रोनाल्डोको रेकर्ड

पोर्चुगलका स्टार रोनाल्डोले लगातार चार संस्करणको युरोमा गोल गर्ने रेकर्ड कायम गरेका छन्। हंगेरी विरुद्धको खेलमा  २ गोल गर्दै रोनाल्डोले उक्त उपलब्धी हासिल गरेका हुन्। सन् २००४ देखि युरो खेल्न थालेका रोनाल्डोले २००८ र २०१२ मा पनि गोल गरेका थिए। हंगेरी विरुद्धको गोलसँगै युरोकपमा रोनाल्डोको गोलसंख्या ८ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell