PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

​स्वीडेनलाई हराउँदै बेल्जियम नकआउट चरणमा, सुखद हुन सकेन इब्राहिमोभिचको बिदाई



पहिलोपोस्ट

​स्वीडेनलाई हराउँदै बेल्जियम नकआउट चरणमा, सुखद हुन सकेन इब्राहिमोभिचको बिदाई

स्वीडेनलाई पराजित गर्दै बेल्जियम युरो २०१६ को नकआउट चरणमा प्रवेश गर्दा ज्लाटन इब्राहिमोभिचको बिदाई भने सुखद हुन सकेन।
 
इटलीसँग पहिलो खेल हारेपनि लगातार दुई खेल जितेको बेल्जियम समूह ई को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा १ अंक मात्र जोडेको स्वीडेन भने समूह चरणबाटै बाहिरियो।
 
जारी युरोकपपछि अन्र्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका इब्राहिमोभिचले युरोकपको अन्तिम खेल नै स्वीडेनको लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए। तर उनको टीम समूह चरणबाट माथि अगाढी बढ्न सकेन।
 
नकआउट चरण प्रवेश गर्न बेल्जियमलाई बराबरी नै पर्याप्त थियो भने स्वीडेनको लागि जित्नैपर्ने बाध्यता थियो। तर ८४ औं मिनेटमा राड्जा नाइङ्गोलनले गरेको एक मात्र गोलसँगै बेल्जियम १–० ले विजयी हुँदा स्वीडेनको सम्भावना सकिएको हो।
 
जितपछि तीन खेलबाट ६ अंक जोडेको बेल्जियम समूह ई को उपविजता बन्यो। समूह ई कै अर्को खेलमा आयरल्याण्डसँग १–० ले पराजित भएपनि इटली समूहको विजेता बनेको छ। बेल्जियमले अब अन्तिम १६ मा हंगेरीसँग खेल्नेछ। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell