PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

च्याङ्बा तामाङको निधनपछि काबुल हमलामा परी ज्यान गुमाउने नेपालीको संख्या १३ पुग्यो



पहिलोपोस्ट

च्याङ्बा तामाङको निधनपछि काबुल हमलामा परी ज्यान गुमाउने नेपालीको संख्या १३ पुग्यो

काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी मृत्यु हुने नेपालीको संख्या १३ पुगेको छ।

गम्भीर घाइते भएका नुवाकोटका च्याङ्बा तामाङको उपचारकै क्रममा काबुलमा बुधबार निधन भएपछि संख्या बढेको हो। उनलाई भेन्टिलेटरमै राखेर उपचार गराइएको थियो।

घाइते अन्यको भने भारतको एपोलो अस्पतालमा उपचार भइरहेको छ।

सोमबार बिहान तालिबानी आक्रमणमा परी काबुलस्थित क्यानेडियन दूतावासमा कार्यरत नेपालीले ज्यान गुमाउनुपरेको थियो। मृतक १२ जनाको शव बुधबार नेपाल ल्याएर परिवारको जिम्मा लगाइसकिएको छ। नेपाल वायुसेवा निगमको जहाजमार्फत ल्याइएको शवसँगै अफगानिस्तानमा कार्यरत २४ नेपालीहरु पनि स्वदेश फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell