PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

'अपरेसन क्वाक'ले पायो तीव्रता, फेरि नक्कली डाक्टर पक्राउ



पहिलोपोस्ट

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरोको विशेष अभियान 'अपरेसन क्वाक' अन्तर्गत थप एक 'नक्कली डाक्टर' पक्राउ परेका छन्।

प्रहरीले लमजुङको सहोदर अस्पतालमा कार्यरत शिवराम श्रीमललाई पक्राउ गरेको हो। पक्राउ परेका ३८ वर्षीय शिवरामलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएकाहरु तथा अन्य चिकित्सकको एनएमसी दर्ता नम्बर प्रयोग गरी चिकित्सकीय सेवा प्रदान गर्नेविरुद्ध प्रहरीले अभियान थालेको छ। सोही 'अपरेसन क्वाक' अन्तर्गत शिवराम पनि पक्राउ परेका हुन्।

प्रहरीले असार ५ गते नक्कली शैक्षिक प्रमाणपत्र भएका ३६ जना डाक्टरको नाम सार्वजनिक गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell