PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसले गर्‍यो संसद अवरुद्ध, पुनर्निर्माणमा पार्टीकरणको आरोप



रमेश वाग्ले

कांग्रेसले गर्‍यो संसद अवरुद्ध, पुनर्निर्माणमा पार्टीकरणको आरोप

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई दुई लाख रुपैयाँ उपलब्ध नगराएको भन्दै आजको संसद बैठक अवरुद्ध पारेको छ।

बैठक अवरुद्ध पार्नुअघि संसदमा कांग्रेस नेता प्रकाशशरण महतले सभामुखले रुलिङ गरेको तीन दिन वितिसक्दा पनि सरकारले काम नगरेको भन्दै ‘सरकार बोल्न माहिर तर काम नगर्ने’ भएको आरोप लगाए।

उनले भूकम्प पीडितहरु समस्यामा रहेको बताउँदै सुनाए, ‘प्रधानमन्त्रीले भन्नुभयो- जेठभित्र घर बनिसक्छन्। तर असार को पनि दोस्रो हप्ता भयो यो सरकारले एउटा पनि घर बनाएको छैन।‘
 
प्रतिपक्षको तहबाट पटकपटक कुरा उठाउँदा पनि वास्ता नगरिएको भन्दै उनले भूकम्प पीडितलाई एकमुष्ठ रकम उपलब्ध हुनुपर्ने बताए।

‘४७३ वटा बस्तीलाई सुशील कोइराला प्रधानमन्त्री हुँदैखेरी जोखिमपूर्ण भनेर किटान गरिएको थियो। तर आजका दिनसम्म ती बस्ती कहाँ लैजाने भन्ने कुनै निर्णयसम्म पनि भएको छैन,’ उनले भने।
 
पुनर्निर्माणमा ठूलो राजनीति भएको आक्षेप लगाए उनले।

‘राजनीति कतिसम्म भएको छ भने एमालेका विभागमा बसेकाहरु धेरैजसो ठाउँमा विज्ञ नियुक्ति भएका छन्,’ उनले भने, ‘एउटा हर्ड भन्ने एनजीओबाट कार्यकर्ता परिचालन गरिएको छ।‘
 
भूकम्प पीडित जिल्ला ३१ वटा रहेको बताउँदै उनले ११ वटा जिल्लाको मात्र क्षति विवरण संकलन गरिएको बताए। विवरण लिने क्रममा पनि पक्षपात गरिएको उनको आरोप छ।

उनले दुई लाख रुपैयाँ भूकम्प पीडितलाई दिने ग्यरेन्टी नभएसम्म सदनको कार्वाही अवरुद्ध गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell