PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

हेल्मेट नलगाउँदा कम्बोडियाका प्रधानमन्त्री नै कार्बाहीमा!



पहिलोपोस्ट

हेल्मेट नलगाउँदा कम्बोडियाका प्रधानमन्त्री नै कार्बाहीमा!

  • सिन्हवा -
नोम पेह  – कम्बोडियन प्रधानमन्त्री सामदेक टेको हुन सेनलाई यहाँको ट्राफिक प्रहरीले हेलमेट नलगाई मोटरसाइकल चलाएकोमा जरिवाना गरेको छ। गत साता कोह कोङ प्रान्तमा हेलमेटविनै मोटरसाइकल ड्राइभ गरेका उनले गल्ती स्वीकार्दै माफीसमेत मागेका छन्।

ट्राफिक ल को आर्टिकलल ६ अनुसार उनलाई त्यहाँको १५ हजार अर्थात् ३.७५ अमेरिकी डलर जरिवाना गरिएको छ।

ट्राफिक प्रहरीको ड्युटी अफिसर सन नेमले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘कृपया नोम पेहमा पुगेर जरिवाना तिर्नुहोला।’

हुन सेनले आफ्नो फेसबुक पेजमा गत बुधबार यसबारे टिप्पणी लेखेर गल्ती स्वीकारेका छन्। उनका साथै उनले चढेको मोटरसाइकलका धनीलाई समेत जरिवाना तिराए।  

‘मैले गल्ती गरेको स्वीकारेर माफी मागेको छु तर पनि मेरो गल्तीमा प्रहरीले जरिवाना लियो,’ उनले भने। मुलुकको कानुन सबैका लागि समान रहेको बताउँदै उनले ट्राफिक नियम जो कसैका लागि पनि समान रहेको बताए।

उनले आफूलाई कारबाही गरेको प्रान्तका प्रहरीलाई धन्यवाद समेत दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell