PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

विपद् व्यवस्थापनमा शिक्षा प्राथमिकतामा पर्न असफल



पहिलोपोस्ट

काठमाडौं : सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको एक प्रतिवेदनमा, विश्वव्यपी रुपमा विपद् व्यवस्थापनका गतिविधिमा बालबालिकाको शिक्षा अझै पनि प्राथमिकतामा नसकेको उल्लेख गरिएको छ।

प्रतिवेदनका अनुसार मानवीय सहायताको केवल दुई प्रतिशत रकम मात्र शिक्षामा लगानी हुने देखियो।

'एजुकेशन डिस्रप्टेड' नामक प्रतिवेदनले २०१५ मा देशमा घटेका पाँचवटा प्राकृतिक विपद् पश्चात शिक्षाको अवस्थाबारे अनुसन्धान गरेको हो। विपत्तिमा नेपालको भूकम्पबारे पनि विस्तृत अध्ययन भएको छ।

अनुसन्धानले नेपालको गत वर्षको भूकम्पले लगभग ३२ लाख बालबालिकाहरुलाई शारीरिक र मानसिक रुपमा असर पारेको र ८ लाख ७० हजार बालबालिकाहरु स्थायी कक्षा कोठाविहीन बनेको तथ्य सार्वजनिक गर्यो। यस बाहेक ५ लाख बालबालिकाहरुलाई कक्षा कोठामा फर्किन थप सहयोगको आवश्यक रहेको तथ्याङ्कले देखायो। जसले गर्दा यी बालबालिकाको पूरै शैक्षिक वर्षमानै नकारात्मक प्रभाव परेको छ।

भूकम्पको एक वर्ष नाघिसक्दा पनि कयौँ बालबालिकाहरु अझै पनि अस्थायी सिकाइ केन्द्रमा पढीरहेका छन्, जुन केही हप्ता वा महिनाका लागि मात्र तयार पारिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell