PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

गुन्डा नाइके जसवन्त राई पक्राउ, प्रतिकार गर्न खोज्दा प्रहरीले हान्यो दुई राउण्ड गोली



पहिलोपोस्ट

गुन्डा नाइके जसवन्त राई पक्राउ, प्रतिकार गर्न खोज्दा प्रहरीले हान्यो दुई राउण्ड गोली

काठमाडौं : गुन्डा नाइके जसवन्त राईलाई प्रहरीले पक्राउ गरेको छ।

आज दिउँसो काठमाडौंको बिजुलीबजार पुलबाट उनी पक्राउ परेका हुन्। पक्राउ गर्ने क्रममा राईले प्रतिकार गर्न खोजेकाले प्रहरीले दुई राउण्ड गोली समेत हानेको थियो।

काठमाडौंकै बाफल घर भएका राईले कुलेश्वर क्षेत्रमा विभिन्न व्यक्तिलाई धम्काउने, त्रास देखाउने गरेको प्रहरीको भनाइ छ। राईमाथि ज्यान मार्ने उद्योगमा तीन वटा  र सार्वजनिक मुद्दामा समेत केश दायर भइसकेको महानगरीय अपराध अनुसन्धान शाखाका एसपी सहकुलबहादुर थापाले बताए।

केही दिनअघि मात्र कलंकीको ड्रिम होटेलका मालिकलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि उनी फरार थिए। उनलाई प्रहरीले खोजी गरिरहेको थियो।

प्रहरीले प्रहार गरेको गोली उनको दायाँ खुट्टामा लागेको छ। उनलाई वीर अस्पताल लगिएको एसपी थापाले बताए।

वीर अस्पतालमा उपचार गराइरहेका राई--







फोटो : इलिट जोशी/पहिलोपोस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell