PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धुर्मुस-सुन्तलीलाई बले र कक्रोजले दिए तीन लाख



पहिलोपोस्ट

धुर्मुस-सुन्तलीलाई बले र कक्रोजले दिए तीन लाख

काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका धुर्मुस-सुन्तलीलाई हास्य टेलिशृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) ले आर्थिक सहयोग प्रदान गरेका छन्।

बेलायतको विभिन्न ठाउँमा भएका कार्यक्रमबाट संकलित ३ लाख १८ हजार ८ सय ४४ रुपैयाँ उनीहरुले धुर्मुस-सुन्तलीलाई प्रदान गरे।

सपन इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा उपस्थित दर्शकसामु सहयोगको अपील गरी सहयोग जुटाइएको उनीहरुले बताएका छन्।
अल्डरसटमा भएको कार्यक्रममा ६ सय ५० युरो, निरमाया दोहोरी साँझबाट ५४ युरो, फोल्क स्टोनबाट ५४ युरो, ह्यारोबाट १ सय ५ युरो, ह्यारो बोनटोकबाट कमला र खमिरजंग गुरुङ्गले ६ सय ५ युरो र पल्मस्टिडबाट १ सय ५० युरो गरी जम्मा २ हजार १८ युरो सहयोग संकलन भएको थियो।

१८ दिनका लागि शुक्रबार अस्ट्रेलिया जाने तयारीमा रहेका कलाकारहरु जिग्री, पाँडे, बले र कक्रोजले त्यहाँ हुने कार्यक्रमबाट पनि गिरानचौर एकीकृत बस्ती निर्माणका लागि सहयोग संकलन गर्ने प्रतिबद्धता जनाएका छन्।

सिन्धुपाल्चोकको मेलम्ची-८ मा पर्ने गिरानचौर बस्ती भूकम्पले ध्वस्त बनाएपछि धुर्मुस-सुन्तलीको टिम नयाँ बस्ती निर्माणमा जुटिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell