PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कतारमा निधन भएका श्रेष्ठका परिवारलाई ८९ हजार प्रदान



पहिलोपोस्ट

काठमाडौं : खोटाङ सेवा समाज कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा निधन भएका दिक्तेलका लालबहादुर श्रेष्ठका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।
 
कतारमा रहेका खोटाङे नेपालीबाट संकलित ८९ हजार ६८४ रुपैयाँ मृतककी पत्नी दिक्तेल नगरपालिका–१३, खाल्ले निवासी उत्राकुमारी श्रेष्ठलाई आज प्रदान गरिएको छ। खोटाङ सेवा समाजले एक कार्यक्रम आयोजना गरी नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टमार्फत रकम हस्तान्तरण गरिएको संयोजक परशुराम श्रेष्ठले बताए।
 
रकम हस्तान्तरण गर्दै महासंघका अध्यडा विष्टले वैदेशिक रोजगारीका क्रममा यसखाले घटना बढ्दै गएको र न्युनीकरण गर्न सरकारका तर्फबाट पहल हुनुपर्ने जनाउँदै मिडियाले यस्ता विषयलाई संवोधन हुनेगरी आवश्यक भूमिका खेल्नुपर्ने बताए।
  
वैदेशिक रोजगारीमा रहेका श्रेष्ठको २०७२ माघमा गाडीको ठक्करबाट कतारमै निधन भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell