
फ्रान्समा जारी १५ औं संस्करणको युरोकप अन्तर्गत समूह चरणका खेलहरु सकिइसकेका छन्। ५१ खेलमध्ये ३६ खेल सकिएको छ। २४ टीमको सहभागिता रहेको प्रतियोगिताबाट १६ टीम प्रिक्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्।
हरेक टीम र खेलाडीले कम्तीमा पनि ३ खेल खेलिसकेका छन्। अब लगातार ४ खेल जित्ने टीम युरो च्याम्पियन बन्नेछ।
यस्तै च्याम्पियनबाहेक प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि अवार्ड दिइनेछ। उत्कृष्ट खेलाडीलाई गोल्डेन बल र सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिन्छ। युरो २०१६ मा पनि उक्त अवार्डका लागि खेलाडीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्।
समूह चरणको समाप्तिपछि गोल्नेड बुट र गोल्डेन बलको दाबेदारमा अगाडि रहेका खेलाडीहरु-
गारेथ बेल, वेल्स (३ गोल)

गारेथ बेल जारी युरोको हरेक खेलमा गोल गर्ने एकमात्र खेलाडी हुन्। बेलले स्लोभाकिया र इंगल्याण्ड विरुद्धको सुरुवाती २ खेलमा फ्रिकिक मार्फत गोल गरेका थिए भने रसियाविरुद्ध पनि गोल गरे।
अल्भारो मोराटा, स्पेन (३ गोल)

स्पेनको नयाँ स्टारका रुपमा उदाएका खेलाडी हुन् अल्भारो मोराटा । चेक विरुद्धको पहिलो खेलमा गोल गर्न नसके पनि दोस्रो खेलमा टर्कीविरुद्ध मोराटाले २ गोल गरे भने क्रोएसियासँग पराजित हुँदा पनि गोल गरेका थिए। मोराटा समूह चरणको एकै खेलमा दुई गोल गर्ने खेलाडी समेत हुन्।
दिमित्री पायट, फ्रान्स (२ गोल)

फ्रान्सका लागि नयाँ स्टारका रुपमा उदाएका पायटले २ गोल गर्नुका साथै १ गोलका लागि असिस्ट समेत गरेका छन्। समूह चरणको पहिलो खेलमा रोमानियाविरुद्ध १ गोल गर्नुका साथै ओलिभर जिरुडको गोलका लागि असिस्ट गरेका थिए। यस्तै दोस्रो खेलमा अल्वानियाविरुद्ध बेन्चबाट आएर गोल गरेका थिए।
क्रिस्टियानो रोनाल्डो, पोर्चुगल (२ गोल)

समूह चरणको २ खेलमा गोल गर्न नसकेका रोनाल्डो अष्ट्रियाविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि झनै आलाचित बने। तर समूह चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध २ गोल र १ असिस्ट गर्दै रोनाल्डोले पोर्चुगललाई अन्तिम १६ मा पुर्याए।
इभान पेरिसिक, क्रोएसिया (२ गोल)

पेरिसिकले २ गोल गर्नुका साथै एक असिस्ट समेत गरेका छन्। समूह चरणको दोस्रो खेलमा चेकविरुद्ध गोल गरेका पेरिसिकले स्पेनविरुद्ध गोल गर्दै क्रोएसियालाई शानदार जित दिलाए।
रोमेलु लुकाकु, बेल्जियम (२ गोल)

पहिलो खेलमा इटलीविरुद्ध पराजित भएको खेलमा बेल्जियमका कुनै खेलाडीले गोल गर्न सकेनन्। तर दोस्रो खेलमा लुकाकुले आयरल्याण्डविरुद्ध २ गोल गर्दै बेल्जियमलाई जित दिलाएका थिए।
बोग्दान स्टान्चु, रोमानिया (२ गोल)

रोमानिया समूह चरणबाटै बाहिरिए पनि बोग्दान स्टान्चुले २ गोल गरे। उनले फ्रान्स विरुद्धको पहिलो खेल र स्विटजरल्याण्ड विरुद्धको दोस्रो खेलमा गोल गरेका थिए।
नानी, पोर्चुगल (२ गोल)

पोर्चुगलले गोल गरेको दुवै खेलमा नानीले गोल गरेका थिए। आइसल्याण्ड विरुद्धको पहिलो खेलमा बराबरी गोल गरेका उनले समूह चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध १-० पछि परेको स्थितिमा बराबरी गोल फर्काएका थिए।
बलाज डुजाक, हंगेरी (२ गोल)

हंगेरीका कप्तान समेत रहेका बलाज डुजाकले हंगेरीलाई अन्तिम १६ मा पुर्याउन प्रेरणादायी प्रदर्शन गरे। समूह चरणको अन्तिम खेलमा डुजाकले पोर्चुगलविरुद्ध २ उत्कृष्ट गोल गरेका थिए।
आरोन राम्से, वेल्स (१ गोल)

वेल्सका आरोन राम्से समूह चरणमा सबैभन्दा बढी असिस्ट गर्ने खेलाडी हुन्। राम्सेले रसिया विरुद्धको जितमा १ गोल गरेका थिए।
यी हुन् गोल्डेन बलका दाबेदारहरु
युइएफए बारोमिटरमा सबैभन्दा अगाडि छन् फ्रान्सका दिमित्री पायट। फ्रान्सका लागि २ गोल गरेका उनले १ असिस्ट समेत गरेका छन्।
दिमित्री पायट, फ्रान्स

गारेथ बेल, वेल्स

टोनी क्रुस, जर्मनी

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
.jpg)
इभान पेरिसिक, क्रोएसिया

केभिन डे बु्रएन, बेल्जियम

अल्भारो मोराटा, स्पेन

जेरार्ड पिकेट, स्पेन

मेसुट ओजिल, जर्मनी

एडेन हाजार्ड, बेल्जियम
