
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीश, निर्वाचन आयोगको प्रमुख आयुक्त, ११ न्यायाधीश र २२ राजदूतको नियुक्तिअघि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ।
संवैधानिक परिषद्, न्यायपरिषद् र मन्त्रिपरिषद्ले नियुक्तिका लागि सिफारिस गरेका ३५ जनाविरुद्ध समितिले एकमुष्ट उजुरी आह्वान गरेको हो।
संसदीय सनुवाइ समिति नहुँदा लामो समयसम्म अड्किएको प्रक्रिया समितिले गठन भएसँगै अगाडि बढाएको हो। सिमितिले सार्वजनिक सूचना प्रकाशित गरी आउँदो असार २२ गते उनीहरुको नियुक्ति अनुपयुक्त भए उजुरी गर्न भनेको हो।
समितिले सूचनामा भनेको छ- नियुक्ति हुन अनुपयुक्त भएको भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति २०७३ असार २० गते कार्यालय समयभित्र उजुरी दिन सूचित गरिन्छ।'
समितिले सिंहदबारमा रहेको आफ्नो कार्यालयमा सोझै वा इमेल र फ्याक्समार्फत समेत उजुरी लिने जनाएको छ। समितिले [email protected] मा तथा ०१-४२००२७७ मा फ्याक्समार्फत उजुरी लिने सूचनामा जनाएको छ।
तर बेनामे उजुरी भने समितिले नलिने भएको छ। यदि उजुरीकर्ताले नाम गोप्य राख्न चाहेको अवस्थामा गोप्य राख्न सकिने सूचनामा जनाइएको छ।