PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महाधिवेशनलगत्तै कांग्रेसमा गुटगत राजनीति, संसदीय कार्यसमिति मनोनयनमा पौडेलको असन्तुष्टि



रमेश वाग्ले

महाधिवेशनलगत्तै कांग्रेसमा गुटगत राजनीति, संसदीय कार्यसमिति मनोनयनमा पौडेलको असन्तुष्टि

 काठमाडौं : नेपाली कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको करिब साढे तीन महिना भएको छ। दुई महिनाभित्र पूर्णता दिनुपर्ने विभाग र समितिले अहिलेसम्म पूर्णता पाएका छैनन्।

महाधिवेशनपछि मनोनीत गर्नेमध्ये १० केन्द्रीय सदस्य मनोनित भए पनि पार्टीका संरचनामा विधानले गरेको व्यवस्था पालना हुन सकेको छैन।

यसका पछाडि नेपाली कांग्रेसभित्रको शक्तिसंघर्ष र त्यसलाई व्यस्थापन गर्ने सभापतिको चुनौतीका प्रमुख कारणका रुपमा देखिएको छ।

महाधिवेशनलगत्तै संसदीय दलको नेतासमेत नर्वाचित भएका शेरबहादुर देउवाले पार्टी संरचनालाई पूर्णता दिन नसके पनि संसदीय कार्यसमितिलाई भने पूर्णता दिएका छन्।  तर पनि उनका प्रतिस्पर्धी रामचन्द्र पौडेल भने असन्तुष्ट भएका छन्। पौडेलले नियुक्तिप्रति असन्तुष्टि प्रकट गर्दै बिहीबारको बैठक नै बहिस्कार गरे।

केही महिनाअघि देउवाले पौडेलसँग संसदीय कार्यसमितिका लागि दुई जनाको नाम मागेपछि देउवाले चार जनाभन्दा कम हुने भए सिफारिस नै नगर्ने अडान लिएका थिए। अडानपछि देउवाले पौडेललाई थपेरै सिफारिरस गर्ने भनेपछि उनले सांसदहरु कञ्चनचन्द्र बादे, चन्द्रादेवी जोशी, सञ्जय गौतम र डा. चन्द्रमोहन यादवको नाम सिफारिस गरेका थिए।

तर, देउवाले तीन जनाको नाम स्वीकार गर्दै यादवको नाम हटाएर सिटौलाको सिफारिसमा सांसद तारामान गुरुङलाई राखेपछि पौडेलले असन्तुष्टि जनाएका हुन्।

'सभापतिले भनेअनुसार नै चार जनाको नाम सिफारिस गर्नुभएको थियो तर सल्लाह नै नगरी त्यहाँबाट मधेसीको नाम हटाइदिनुभयो,' पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले भने, 'त्यही असन्तुष्टि अहिले उहाँले राख्नुभएको हो।' उनले सिफारिस गरेका नाममा एकपटक पनि सल्लाह नगरी हटाएको प्रति पौडेलको असहमति रहेको जानकारी दिए।

संसदीय दलमा नेताले नियुक्ति गर्दा विषयगत समितिमै १२ मध्ये पाँच जना पौडेल निकटका नियुक्त गरेकाले पौडेलले असन्तुष्टि राख्न उपयुक्त नहुने देउवा पक्षको भनाइ छ। 'उहाँहरुले हिजोका दिनमा भागबण्डा गर्नु हुँदैन भन्नुभयो,' देउवा निकटका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने, 'अहिले आएर नियुक्तिमा भाग पुगेन भन्नु उपयुक्त हुँदैन।' महतले केन्द्रीय समितिमा पनि देउवाले आफूविरुद्ध चुनाव लड्नेहरुकै बहुमत नियुक्त गरेको भन्दै पौडेलले असन्तुटि नराख्नु उपयुक्त हुने बताए।
 
संसदीय कार्यमसमितिमा गरेको नियुक्तिलाई मुद्दा बनाएर केन्द्रीय समिति र विभाग तथा पार्टीका अन्य शक्तिशाली समितिहरुमा पनि त्यस्तो नहोस् भनेर पौडेल अहिले गृहकार्यमा जुटेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell