PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कांग्रेसको सर्तपछि संसद बैठक स्थगित, प्रधानमन्त्रीले बोल्नै पाएनन्



पहिलोपोस्ट

कांग्रेसको सर्तपछि संसद बैठक स्थगित, प्रधानमन्त्रीले बोल्नै पाएनन्

काठमाडौं : प्रधानमन्त्रीले भूकम्पपीडितका लागि एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता जनाउनुपर्ने कांग्रेसले अडान राखेपछि आजको संसद बैठक प्रधानमन्त्रीको सम्बोधन नभई स्थगित भएको छ।

व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो। प्रमुख प्रतिपक्ष कांग्रेले भूकम्पपीडितलाई एकमुष्ट रकम दिनेबारे प्रधानमन्त्रीलाई अवगत गराएको थियो। तर प्रधानमन्त्रीले सो कुरा आफूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराउने बताएपछि कांग्रेस सांसदहरु प्रधानमन्त्रीलाई सम्बोधन गर्न नदिने निर्णयमा पुगे। अवरुद्ध हुने बुझेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक स्थगित गरिन्।

कानुन मन्त्री अग्नि खरेलले भने कानुनसम्मत एकमुष्ट रकम दिन नमिल्ने प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीले भूकम्पपीडितबारे सम्बोधन गर्ने चासो नै नराखेको कांग्रेसका एक सांसदले टिप्पणी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell