PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्यो, असन्तुष्टि भए असार २० सम्म उजुरी हाल्न सकिने



पहिलोपोस्ट

संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्यो, असन्तुष्टि भए असार २० सम्म उजुरी हाल्न सकिने

काठमाडौँ : व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ।
 
समितिको आजको बैठकले प्रस्तावित न्यायाधीश एवम् विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।

समितिका सभापति कुलबहादुर गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिए।

संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीश, निर्वाचन आयोगको प्रमुख आयुक्त, ११ न्यायाधीश र २२ राजदूतको नियुक्तिअघि सुनुवाइका लागि उजुरी आह्वान गरिसकेको छ। संवैधानिक परिषद्, न्यायपरिषद् र मन्त्रिपरिषद्ले नियुक्तिका लागि सिफारिस गरेका ३५ जनाविरुद्ध समितिले एकमुष्ट उजुरी आह्वान गरेको हो। असार २० सम्म उजुरी हाल्न सकिने समितिले सार्वजनिक सूचनाद्वारा जानकारी गराएको छ।

व्यवस्थापिका–संसद्को नियमावली पारित हुन लामो समय लागेका कारण संसदीय सुनुवाइको प्रक्रिया स्थगित हुँदै आएको थियो। मङ्गलबार सुनुवाइ समितिको सभापतिमा गुरुङ निर्वाचित भएपछि सबै प्रक्रिया अगाडि बढाउन प्रमुख दल सहमत भएका हुन्।
 
सुनुवाइ समितिको सदस्य सङ्ख्याका विषयमा दलहरुबीच लामो समयसम्म मत भिन्नता रहँदा अल्झदै आएको थियो।
 
संवैधानिक प्रावधानअनुसार नियुक्तअगाडि न्यायाधीश एवम् राजदूतको सुनुवाइ गर्नुपर्ने हुन्छ।

(समाचारमा गुरुङको फाइल फोटो उपयोग गरिएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell