PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

म्युजिक भिडियोमा नीता ढुंगानालाई भ्याइनभ्याई, यस्तो छ 'दुई'को संयोग



पहिलोपोस्ट

म्युजिक भिडियोमा नीता ढुंगानालाई भ्याइनभ्याई, यस्तो छ 'दुई'को संयोग

काठमाडौं : फरक शैलीका गजलहरु गाएर सांगीतिक क्षेत्रमा जम्दै गरेका गायक थानेश्वर गौतमका दुई म्युजिक भिडियो एकैसाथ सार्वजनिक भए। दुवैमा नायिका नीता ढुंगानाले अभिनय गरेकी छिन्।

पछिल्लो समय चलचित्रमा खासै व्यस्त नरहेकी नीतालाई यति बेला म्युजिक भिडियोकै छायांकनबाट फुर्सद छैन।

थानेश्वर गौतमकै स्वर तथा संगीतमा तयार पारिएका ‘सिन्दुर लाउने हौली’ गीतका रचनाकार छवि चालिसे हुन्। चालिसे आफैंले पनि भिडियोमा अभिनय गरेका छन्। उपकार हमालले उनलाई अभिनयमा साथ दिएका छन्।

‘मोल हो कि अनमोल हो’ गीतका रचनाकार हस्त गौतम ‘मृदुल’ हुन्। यो गीतमा गायक तथा संगीतकार गौतमलाई सरु गौतमले गायनमा साथ दिएकी छिन्। उक्त गीतको म्युजिक भिडियोमा नीताले मोडल सविन लामासँग रोमान्स गरेकी छिन्।

दुवै गीतलाई रञ्जना म्युजिकले रिलिज गरेको हो। त्यसो त यो गीतमा अंक ‘दुई’को रमाइलो संयोग जुरेको छ। गायक तथा संगीतकार गौतमले दुवै गीतमा स्वर तथा संगीत दिएका छन्। दुवैमा नीतालाई देख्न पाइन्छ।

सञ्चारकर्मी सुव्रत आचार्यले दुवै भिडियो निर्देशन गरेका छन्। अझ रमाइलो कुरा के छ भने दुवै भिडियोमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन छ।

‘गाजल लगाइनछौ’, ‘दुई दिनको खेल हो कि’ जस्ता गजलका कारण स्रोतामाझ चर्चित भएका गायक गौतम रोइला गीतका कारण पनि लोकप्रिय छन्। नायिका रेखा थापाको पछिल्लो चलचित्र ‘रामप्यारी’मा संगीत दिएपछि गौतमको चर्चा चुलिएको छ। यी संगीतकर्मी गजल तथा शास्त्रीय संगीत मिश्रण गरिएका आधुनिक गीतहरुको सिर्जना गर्नुका साथै फरक शैलीको गायन र संगीत सिर्जनामा पनि स्थापित भइसकेका छन्।

मोल हो कि अनमोल हो-


सिन्दुर लाउने हौली माया-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell