PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

आइपिएलको सफलतापछि 'मिनी आइपिएल' सेप्टेम्बरबाट हुने



पहिलोपोस्ट

आइपिएलको सफलतापछि 'मिनी आइपिएल' सेप्टेम्बरबाट हुने

इण्डियन प्रिमियर लिग आइपिएलको सफलतापछि अब मिनी आइपिएपल पनि हुने भएको छ।

आगामी सेप्टेम्बरबाट हुने प्रतियोगिता दुई हप्तासम्म चल्ने बोर्ड अफ कन्ट्रोल फर इण्डियन क्रिकेट बिसिसिआईले जनाएको छ।

मिनी आइपिएलमा होम एण्ड अवे म्याच नहुने र थोरै खेलहरु हुने बिसिसिआईको भनाइ छ। तर, प्रतियोगिताको समय र फर्म्याट भने केही समयपछि तोकिने बिसिसिआई अध्यक्ष अनुराग ठाकुरले बताए।  

च्याम्पियन्स लिग टी-२० हुन छाडेपछि बिसिसिआईले नयाँ प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको थियो। यस्तै प्रतियोगिताको आयोजनाका लागि सम्भावित स्थल अमेरिका वा युएईमध्ये एक हुन सक्ने ठाकुरले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell