A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab34b724b3556.09292124): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab34b724b3556.09292124,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab34b724b7b05.86051204): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab34b724b7b05.86051204,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

​राजामहाराजाको थिएन शालिक तर पनि पर्‍यो निशानामा, यसरी ढालियो टाउको
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

​राजामहाराजाको थिएन शालिक तर पनि पर्‍यो निशानामा, यसरी ढालियो टाउको



ऋषिकेश दाहाल

​राजामहाराजाको थिएन शालिक तर पनि पर्‍यो निशानामा, यसरी ढालियो टाउको

फूलबारी एफएमको प्राङ्गणमा पूर्णकदको सालिक थियो गोपाल भुटानीको। नीर शाहले त्यसको अनावरण गरेका थिए। एफएमकै बगैँचामा रुखहरु थिए जुनसँग विभिन्न मानिसको नाता जोडिएको थियो। श्रष्टाका नाममा रोपिएका थिए विरुवा। यहाँ पुग्ने जो कोही पनि एफएमसँगै यसको बाहिरी वातावरणबाट मोहित हुने गर्थे।

तर, २०७३ जेठको अन्तिम साता फूलबारी एफएम पुग्दा दृश्य फरक थियो। रेडियो चिनाउने साइनबोर्ड ढलेको थियो। ढोकादेखि नै कालो पोतिएको थियो जसले कुरुप बनाएको थियो भवन। भवनभित्र खरानीको थुप्रो उत्तिकै। यहाँ रेडियो थियो भन्ने जनाउ दिन बाँकी थियो त एउटा अग्लो टावर जुन सग्लै थियो। र, यहाँको शोभा बनेको गोपाल भुटानीको सालिक जसबाट यसको टाउको गायब भइसकेको थियो। रुखहरु ढालिसकिएको थियो। भुटानी कुनै राजारजौटा वा महाराज थिएनन् जसका सालिकहरु गणतन्त्र ल्याउँदा ल्याउँदै ढालिएका थिए, फुटालिएका थिए।

गोपाल भुटानी एउटा सामान्य नाम हो। होचो कदका उम्दा कलाकार। मुम्बईमा संघर्ष गरिरहेका भुटानीलाई निर्देशक प्रकाश थापाले नेपाल भित्र्याएका थिए। उनीमात्र नेपाल भित्रिएनन्, सँगै भित्रियो एउटा जेनरा। उनको आगमनसँगै नेपाली सिनेमामा भित्रिएको त्यो जेनरा थियो ‘एक्सन’। फिल्ममा ‘फाइट’ भित्र्याउने भुटानीको यहाँ आएलगत्तै ठूलो क्रेज थियो। फाइटलाई द्वन्द्वका रुपमा मात्र बुझिन्थ्यो त्यतिखेर। उनी द्वन्द्व निर्देशकका रुपमा स्थापित भए।

नेपाली समाजले पछि द्वन्द्वका बहुआयम भोग्यो र बुझ्यो। त्यसपछि भने द्वन्द्व शब्द प्रयोग गर्न छाडियो र एक्सन भन्न थालियो। उनीसँगै भित्रिएको एक्सन जेनरा नेपाली फिल्ममा फैलिरह्यो र अहिले पनि जारी छ। फिल्मी क्षेत्र बिस्तार हुँदै जाँदा भुटानी भने खुम्चिँदै गए। यतिसम्म कि उपचारका लागि समेत उनले अरुको अपेक्षा गरिरहन पर्‍यो। अभावले उनको मृत्युसम्मै साथ दियो। २०५० सालको दशकसम्म पनि उनी नेपाली सिनेमाका दृश्यहरुमा भेटिन्थे। त्यसपछि लामो समय थलिए र धेरैले उनलाई बिर्से। रेडियोसँग उनको ठूलो नाता नभए पनि फूलबारीमा उनलाई एउटा महत्वपूर्ण फूलको स्थान प्राप्त भयो। सालिक बन्यो उनको। उनको सालिक ओरिपरि श्रष्टाका नाममा रुखहरु मौलाए।

श्रष्टाका नाममा रोपिएका विरुवा हलक्कै बढेर रुख भइसकेका थिए। तर एकाएक गोपाल भुटानीको सालिकसँगै रुखहरु काटिए र काम लाग्नेजति सबै उठाएर लगिए। देशका ७५ वटै जिल्लाबाट बसाइ सरेर आएका मानिसहरु भएकाले कैलालीलाई फुलबारीकै नाम दिइएको थियो। एउटा गाउँ विकास समिति नै छ यहाँ फूलबारी। त्यसैको प्रतीकका रुपमा थियो फूलबारी एफएम। सञ्चालक थिए रेशम चौधरी।

रेशम चौधरी यतिखेर ‘हराएका’ छन्। प्रहरीले उनलाई खोजिरहेको छ। यहाँ भड्किएको हिंसात्मक घटनामा उनलाई दोषी ठहर्‍याएको छ प्रशासनले। प्रशासनले उनलाई दोषी ठहर्‍याइरहँदा यहाँको द्वन्द्वको एउटा पक्ष उनीविरुद्ध खनिँदै थियो। र, रेशम नभेटिएपछि उनको एफएम परिसरमा रहेको गोपाल भुटानीको सालिककै ‘बलिदानी’ दिइयो। रुखहरु ढालियो।

थारु आन्दोलनका अगुवा हुन् रेशम। सुन्नेहरु भन्छन् – रेडियोबाट रेशमले भड्किलो सामग्री दिन्थ्यो। समाजको अमनचैन भाड्थ्यो।
२०७२ भदौ ७ गते थारु आन्दोलनलाई नै बद्‍नाम गर्नेगरी आन्दोलनकारीको भिडमा ७ सुरक्षाकर्मी र एक बालकको हत्या भयो। हत्या कसले गर्‍यो थाहा छैन तर रेशमको नाम यसमा जोडियो। ‘४ गते नै रेशम काठमाडौं गएको थियो,’ उनका बाबु लालबीरले सुनाए, ‘अहिले त भेट्यो कि मार्ने भन्छन् त्यसैले ऊ यहाँ छैन।’

भदौ ८ गते मध्य कर्फ्यु थियो। सहर त छाडौं गाउँका मानिसहरु समेत यताउति हिँडडुल गर्न सकिरहेका थिएनन्। सुनसान सहरमा एकाएक मानिसहरु बाहिर निस्किए। सडक किनारामा छाप्रो हालेर दैनिक तरकारी बेचेर गुजारा गर्नेको छाप्रोसमेत नछोडी जलाउन थाले। मध्य सहरमा प्रहरीको बाक्लो परिचालन थियो। अघिल्लो दिन अञ्चल प्रहरी प्रमुख मारिएका थिए। त्यसको शोक थियो। सँगै आक्रोश। थारुका बस्तीमा आगो लागिरहँदा प्रहरीले मौनता नै साँध्यो। यही क्रममा अराजक बनेको भिडले थारुहरुका घर जलायो। रेशमकै होटल फूलबारी जलायो। त्यहाँबाट एअर कन्डिसनर उठाए। अनि भिड पुग्यो फूलबारी एफएम।

‘अडियो लाइब्रेरी थियो पूरै जल्यो,’ लालबीरले सुनाए, ‘घरमा ५५ किलो चाँदी थियो। सबै लगेछन्।’

जतिखेर यहाँ सेना आइपुग्यो त्यतिखेर एफएम ध्वस्त भइसकेको थियो। रुखहरु ढलिसकेका थिए। र, भुटानीको सालिकबाट शिर उडिसकेको थियो।

‘साउन ८ गतेपछि यहाँ आएकै थिइन,’ लालबीरले भने, ‘आजमात्रै भित्र छिरेँ।’

हामी आगलागी भएको रेडियो स्टुडियोको अस्तु हेर्न भित्र जाँदा लालबीर बगैचामै अडिए। त्यहाँ फेदै लगाएर काटिएका रुखका ठुटाहरु थिए।
रेडियोमाथि भएको आक्रमणको १० महिनापछि यहाँ पुग्दा रेडियो खुल्ने कुनै संकेतहरु देखेनौं। अनि सोध्यौं – ‘कहिलेबाट खुल्छ त रेडियो? थारु भाषामा समाचार कहिलेदेखि सुन्न पाउँछन् यहाँका थारुले?’

‘साँझ परेपछि थारु सडकमा आउन त सक्दैनन्,’ लालबीरले स्थिति सुनाए, ‘बाँच्ने आधार त छैन रेडियो कसरी सुरु गरौं?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell