PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • तपाईं संघीय सांसद कि बालेनले भनेझैं वडा अध्यक्ष?

    तपाईं संघीय सांसद कि बालेनले भनेझैं वडा अध्यक्ष?

    सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले व्यङ्ग्यात्मक शैलीमा सांसदलाई वडा अध्यक्षको हैसियतमा पुगेको टिप्पणी गरे। सार्वभौम संसदको सदस्यलाई स्थानीय तहको वडा अध्यक्षको लेबलमा देख्‍नु बालेन साहको दृष्टिभ्रममात्र मान्न सकिन्न। मेयर बालेनले 'वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बनेको?' भन्दै टिप्पणी गरिरहँदा प्रतिनिधिसभामा बेन्च ठटाउने सांसदहरुले कस्तो अनुभूति गरेका होलान्, उनैले जानुन्। बालेनको…

    विस्तृतमा पढ्नुस्

  • जब सिंगो उपत्यकामा हामीमात्रै पाहुना लाग्यौं : काठमाडौं नजिकैको लोभलाग्दो गन्तव्यको यात्रा कथा

    जब सिंगो उपत्यकामा हामीमात्रै पाहुना लाग्यौं : काठमाडौं नजिकैको लोभलाग्दो गन्तव्यको यात्रा कथा

    हेलिप्याडमा थुप्रिएको हिउँमाथि ‘गो प्रो’ गाडेर प्रवीन अरुतिरै भौतारिँदै छ। ‘टाइम ल्याप्स’ खिच्दाखिच्दै ब्याट्री सकियो होला। क्यामरा चिसिएर हिउँभन्दा चिसो भइसक्यो होला। अहँ ! प्रवीनको अनुहारमा चिन्ताका कुनै धर्का देखिएन। दुई घन्टा भइसक्यो क्यामरा छोडेको। ‘यहाँ को नै छ र? सबै ठाउँ आफ्नै त हो।’ सबै ठाउँ आफ्नो ! एउटा मिनी उपत्यकामा हामीमात्र। जीवनमा कुनै यस्तो ठाउँमा पुगिएला भन्ने अन्दाज…

    विस्तृतमा पढ्नुस्

  • चर्चित धुलिखेल माउन्टेन रिसोर्टबाट हैबुङको प्रकृतिमा कसरी पुगे अरुण?

    चर्चित धुलिखेल माउन्टेन रिसोर्टबाट हैबुङको प्रकृतिमा कसरी पुगे अरुण?

    'तपाईँहरुले पनि भेट्यो भने उठाउनुस् है।' सडक छेउ भेटिएका फोहर टिपिरहेका मध्येबाट कसैले भन्यो। असिनपसिन हुँदै गन्तव्यमा पुगेका हामी। त्यहीँ अचानक आएको प्रस्ताव। उनीहरु भेटेसम्मका फोहर बटुल्दै कालो प्लास्टिको धोक्रो भर्दै थिए। स्थान : धाप ड्याम। मिति : २०२० को जनवरी ९। हामी साँखुभन्दा माथितिरको झुले अर्ग्यानिक रिसोर्टमा रात बिताएर तीन घन्टाको दुरी पार गर्दै यहाँ पुगेका थियौं। हामीलाई अप्रत्यासित फोहर…

    विस्तृतमा पढ्नुस्

  • स्मृतिले पनि छाड्दा रहेछन् साथ, अनि म रहेछु ‘एक्लो’...

    स्मृतिले पनि छाड्दा रहेछन् साथ, अनि म रहेछु ‘एक्लो’...

    कहिलेकाही मन एकतमास हुन्छ। लाग्छ - स्मृतिहरु पनि अस्थायी रहेछन्। सम्झिन खोज्छु ती साथ। ओहो! त्यो छिचोलिनसक्नु भिड। मेचीदेखि कालीसम्मका भिडबाट छानिएर जुटेका साथी। कहिले दक्षिणकाली त कहिले साँखु बज्रयोगिनीसम्मको यात्रा। हाइकिङ जाँदा असजिला बाटामा दिएका हात र साथ। लाग्थ्यो – जीवन यिनकै वरपर घुमिरहने छ। तर, किन हुन्थ्यो? अहिले त तिनकै अनुहार स्मृतिबाट गायव! मानौं तीस दिनमा आफैँ ‘इरेज’…

    विस्तृतमा पढ्नुस्

  • सुवर्णको 'राधा' सेक्रेट्स : रङ्गिन फिल्ममा ब्ल्याक एन्ड ह्वाइट प्रयोग

    सुवर्णको 'राधा' सेक्रेट्स : रङ्गिन फिल्ममा ब्ल्याक एन्ड ह्वाइट प्रयोग

    भाग्यमा भरोसा गर्नेहरुका लागि हातको रेखा जीवनकै ब्लुप्रिन्ट। खुला हत्केलाबाटै सुरु हुन्छ दृश्य। त्यही हातमा आधा जलेको घडी मुठ्ठीभित्र कसिँदै टुङ्गोतिर धकेलिन्छ दृश्यहरु। खुला हत्केला र त्यही हत्केलाभित्र अटाएको घडी अर्थात् समयको विम्बात्मक लेखाजोखाले बताउँछ सेक्रेटस् अफ राधा। राधाको जीवनका सेक्रेटस् खोतल्दै जाँदा अन्य पात्रका केही सेक्रेट खुल्छन्। केही खुल्दैनन्। नखुलेका कथाका पाटाहरुतिर सोच्न बाध्य हुन्छन् हेर्नेहरु। यसपटक सिनेमा हेर्न…

    विस्तृतमा पढ्नुस्

  • पाँचतारे होटलको साहु धनी कि कर्णालीकी चिया पसले आमै?

    पाँचतारे होटलको साहु धनी कि कर्णालीकी चिया पसले आमै?

    यसपाला तेस्रो पटक कर्णालीको यात्रामा छु। पहिलो र दोस्रो भन्दा बिल्कुलै अलग। अनि फरक दृष्टिकोण सहितको। पहिलो पटक कर्णाली राजमार्ग बन्नुअघि सुर्खेतदेखि हिँड्दै कालीकोटको यात्रा थियो। माओवादीको समानान्तर सत्ताको रिपोर्टिङका लागि दैलेख, अछाम हुँदै कालीकोटको यात्रा आफैँमा अद्भुत थियो। 'जनसरकार' घोषणाका लागि भएको त्यो यात्रा बजार र सैनिक क्याम्प छल्दै माओवादी नियन्त्रित भूगोलमा सीमित थियो। पत्रकारको 'जत्था'लाई ठाउँठाउँमा माओवादी लडाकुबाट…

    विस्तृतमा पढ्नुस्

  • ऐना झ्यालको पुतलीले सम्झाइदियो वाग्मतीमा डुब्दै गर्दाको त्यो क्षण…

    ऐना झ्यालको पुतलीले सम्झाइदियो वाग्मतीमा डुब्दै गर्दाको त्यो क्षण…

    हात चलेन। पानीले तलतिर तानिसक्यो। अब सकिन। नाक र मुखबाट पानी भित्र छिर्न थाल्यो। एकाएक कपालमा कसैले समातेको थाहा भयो। अहँ! त्यसरी कपालमा समाउँदा पनि दुखेन। त्यसको एकैछिनपछि खुट्टाले जमीन भेट्यो। अब बाँचियो। मेरो कपाल समातेर पार लगाउने सागर रहेछ। उस्तो मिल्ती कहिल्यै थिएन, पानीको भुमरीमा फस्दैगर्दा उसैले बचायो। कुरा २०४० को दशकको मध्यतिरको हो। कन्चटमा बालुवाका टुक्रा टिलिक्क टल्केपछि…

    विस्तृतमा पढ्नुस्

  • पात्रहरुका पाना पल्टाउँदा : नलेखेरै बिलाए होलान् कयौं कथाका पात्रहरु…

    पात्रहरुका पाना पल्टाउँदा : नलेखेरै बिलाए होलान् कयौं कथाका पात्रहरु…

    केही समय यता एउटा 'घेराबन्दी'मा अल्झिरहेछु। स्वच्छन्दबाट बँधुवा हुनुको अर्थ रहेछ – एकोहोरिनु।  थाहा छ - तथ्याङ्कले भावनाको भाव बुझ्दैन। गणीतीय हिसाब-किताबबाट मनोभावको मूल्य निकाल्नु कसरी? तिनमै रन्थनिँदै गर्दा हात पर्‍यो 'पात्रहरु'। असरल्ल छन् पात्रहरु। लेखाई उस्तै मनमोजी – बेढङ्गी नै भन्लान् भाषाशास्त्रीले। त्यसको नि अर्थ के नै छ र? तर्क सेतो र कालोमात्र हुन्छ भन्ने होइन। दुवै मिसिएको खैरो…

    विस्तृतमा पढ्नुस्

  • दुई सम्पादकसँगको गन्थन : शान्त योगेश, विवादको 'ट्याग'ले नछोड्ने किशोर

    दुई सम्पादकसँगको गन्थन : शान्त योगेश, विवादको 'ट्याग'ले नछोड्ने किशोर

    कफी पसलमा गफिँदै गर्दा फोनको घन्टी बज्यो। किशोर दाइले फोन उठाए र सोधे – 'कति नम्बर रे?' उताबाट केही जवाफ आयो। 'ल म आइहालेँ।' किशोर दाइ उठेपछि म पनि सँगै तलतिर ओर्लिएँ। दुई तल्ला तल झरेर सडकमा पुगेपछि थोरै उत्तरतिर लाग्दा एउटा ट्याक्सी रोकिरहेको देखियो। त्यहाँ पुगेपछि योगेश दाइ ट्याक्सीबाट उत्रिँदै भने, 'चार सय रुपैयाँ दे त।' किशोर दाइले खल्तीबाट…

    विस्तृतमा पढ्नुस्

  • स्कुल 'बङ्क' गरेकै शैलीमा कालीगण्डकीमा झर्दाको कथा : यसरी तन्किँदैछ पोखरा पर्वततिर

    स्कुल 'बङ्क' गरेकै शैलीमा कालीगण्डकीमा झर्दाको कथा : यसरी तन्किँदैछ पोखरा पर्वततिर

    मुस्ताङ यात्रामा पारस शाहसँगको भेट एउटा रोचक सन्दर्भ थियो। त्यो भेटको थोरै सन्दर्भ उठाएपछि माया गर्नेहरुको गुनासो थियो –अझै ‘पेग’ पुगेन। अनुभूति भएकै हो –आफ्नै खानदानी र रवाफिलो अस्तित्वलाई गुमनाम बनाएका पारससँगको भेटमा अरु केही रोचक कुरा हुनसक्थ्यो। उनीसँगै रहेका युवाहरु कथाका पात्र बन्न सक्थे। होटलमा उनी नजिकै देखिएकी युवतीको सन्दर्भ पनि जोड्न सकिन्थ्यो। तर, एउटा जोगी पारामा हिँडेका पारसको…

    विस्तृतमा पढ्नुस्

  • लेतेमा भेटिए दूध पिउँदै गरेका पारस : मोटरसाइकलमा मुस्ताङ यात्राको कथा

    लेतेमा भेटिए दूध पिउँदै गरेका पारस : मोटरसाइकलमा मुस्ताङ यात्राको कथा

    एकाएक चौथो पटक मुस्ताङतिर उकालो लागिँदै थियो। कुनै अद्भुत आश्चर्यका दृश्य मिल्ने अपेक्षा थिएन। बाटो सुधारिँदो थियो। रुप्सेको झरना पार हुँदै घासाभन्दा माथि लागेपछि भने चौडा र फराकिलो सडकमा हुइँकिन पाउनुको फरक अनुभूति थियो। लेते पुग्नुअघि कालोपत्रे सडकको बिचमा उभिएर हिमाललाई पछाडि पार्दै दृश्यलाई 'फ्रिज' गराएपछि तातो केही पिउने रहर भयो। नजिकै राम्रो होटल देखिएपछि मोटरसाइकल त्यतैतिर अड्याएँ। त्यहीँ परिसमा…

    विस्तृतमा पढ्नुस्

  • असफल को को? गभर्नर अधिकारी कि अर्थ मन्त्री शर्मा? देउवाको भूमिका के? [टिप्पणी]

    असफल को को? गभर्नर अधिकारी कि अर्थ मन्त्री शर्मा? देउवाको भूमिका के? [टिप्पणी]

    आर्थिक स्थिति दारुण अवस्थातिर गुज्रिरहँदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दै सरकारले एउटा अर्को जोखिम मोलेको छ। अधिकारीको कार्यशैलीमाथि औला तेर्स्याउँदै मन्त्रिपरिषदबाट छानविन समिति गठन गरिएको छ। छानविन समिति गठन हुनासाथ गभर्नर अधिकारी स्वत: निलम्बनमा परेका छन्। समितिले दिने प्रतिवेदन अहिलेका लागि टाढाको विषय हो, तत्कालका लागि सरकारले चालेको यो कदम विवादको बलियो बीऊ बनिसकेको छ। यस विवादको केन्द्रविन्दुमा…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक बस्दै, एससीसीको विरोध हुने सम्भावित ठाउँमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी

    संसद बैठक बस्दै, एससीसीको विरोध हुने सम्भावित ठाउँमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी

    काठमाडौं : आज दिउँसो व्यवस्थापिका संसद भवनमा प्रतिनिधि सभा बैठक बस्दैछ। संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाललेले लगातार विरोध गर्दै आएको छ। संसदबाट अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पास गर्न लागेको भन्दै साना राजनीतिक दल विरोधमा उत्रिरहेका छन्। राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा) देखि विप्लव समुहको नेपाल कम्युनिस्ट पार्टी समेत यसको विरोधमा छन्। संसद बैठक बस्न लाग्दै गर्दा भवन अगाडि विरोध हुने सम्भावना भएपछि…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षपछि जुरेको एउटा यात्रामा अनायसै लागेको ब्रेक, आखिर त्यो अनित्य त थियो…

    १२ वर्षपछि जुरेको एउटा यात्रामा अनायसै लागेको ब्रेक, आखिर त्यो अनित्य त थियो…

    असार १६ गतेको साँझ। छोरोको १३ औं जन्मदिन मनाएर रमाइलो गरिरहँदा म्यासेज आयो – योर रिपोर्ट अफ कोभिड १९ इज रेडी। ए! सोचेभन्दा चाँडै पो आएछ त। मोबाइलको संकेतपछि चलिरहेको रमाइलो छाडेर तलतिर ओर्लिएँ – कम्प्युटर अन गरेँ। म्यासेजमा आएको लिङ्कको युआरएल ब्राउजरमा पेस्ट गरेँ। रिपोर्ट – पोजेटिभ। कसरी पत्याउनु? न कुनै लक्षण न संकेत नै। ह्या! यस्तो पनि हुन्छ?…

    विस्तृतमा पढ्नुस्

  • सनसनीपूर्ण सनैया : चर्चा मरूभूमिमा नेपालीको जीवन

    सनसनीपूर्ण सनैया : चर्चा मरूभूमिमा नेपालीको जीवन

    लकडाउनकै अनुभूति। रित्तो सडक। सडक किनारमा सटरले छोपिएका पसलहरु। फाट्टफुट्ट मानिस। अनि चर्को घाम। पछाडि रुक्स्याक र हातमा झोला भिर्दै गौशालाबाट विमानस्थलतिर हिँडिरहेका युवा। ती पक्कै मरूभूमिमा जीवन खोज्न हिँडिरहेका छन्। एक वर्षअघि गरेको लकडाउनको फल यतिखेर लाग्नुपर्थ्यो सायद। बीऊ छरेर उम्रियो उम्रिएन, ख्याल समेत नगर्दा जसरी टुसा नै सुकेर जान्छ, मुलुकमा त्यही दृश्य देखियो। परिणाम यतिखेर हामी निषेधाज्ञामा छौं।…

    विस्तृतमा पढ्नुस्

  • 'आँखाभरि सगरमाथामा जे देखियो, त्यही घुमिरह्यो'

    'आँखाभरि सगरमाथामा जे देखियो, त्यही घुमिरह्यो'

    नाम्चेमा सोचे जति चिसो थिएन। पहिलो पटक यहाँ पुग्दा अलग्लै शुल्क लाग्थ्यो, नुहाउने तातोपानीका लागि। यसपाला अट्याच रुममा तातोपानी सहितको सुविधा। होटलको सोलारले सबै धानिरहेको रहेछ। लामो ट्रेक गरेर आएकाले यहाँ फर्केपछिमात्रै नुहाउँथे। हामी नाम्चेको न्यानो आतिथ्यता छाडेर हिँड्दैछौं। नाम्चेको बायाँ कोखबाट उकालिन थाल्यौं पश्चिमतिर। १५ मिनेट पनि लागेन हेलिप्याड पुग्न। हेलिप्याड नजिकैबाट नाम्चेको यु आकार देखियो। कैलाश हेलिकप्टर हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • हिलोको किलो बन्दै काँग्रेस : दोधारे राजनीतिले गुमाउँदै हैसियत (टिप्पणी)

    हिलोको किलो बन्दै काँग्रेस : दोधारे राजनीतिले गुमाउँदै हैसियत (टिप्पणी)

    काठमाडौं : कुनै बेला निर्णय लिन नसक्ने पार्टीका रुपमा स्थापित थियो नेकपा एमाले। वामपन्थी नेता चित्रबहादुर केसीले एमालेको ढुलमुले चरित्रलाई लिएर भनेका थिए - एमाले भनेको हिलोको किलो भएको छ। कहिले यता ढल्किन्छ कहिले उता। नेता केसीको त्यो अभिव्यक्ति यतिखेर ठ्याक्कै नेपाली काँग्रेसमा लागू हुन्छ। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चित्रबहादुर केसीले भनेको हिलोको किलो बनिरहेको छ। काँग्रेसका नेताहरु देउवा…

    विस्तृतमा पढ्नुस्

  • यतीको टाउकोको तस्बिर खिच्‍ने रहरले खुम्जुङतिरको यात्रा

    यतीको टाउकोको तस्बिर खिच्‍ने रहरले खुम्जुङतिरको यात्रा

    'कति? कति?' हातमा क्यालकुलेटर थिच्न संकेत गर्दै लामो कपालमा रातो धागो बाँधेका व्यक्ति सोध्दै थिए। मैले लगाएको जुत्ता किन्ने हो भनेर जिस्क्याएको थिएँ, उनले भाउ सोध्न थालिहाले। परेन त आपत्? जुत्ता बेच्नु थिएन, उनी भने किन्न तयार। कति भन्ने बाहेक नेपाली बोलेका थिएनन् उनले। कालो कट्कटिएको ज्याकेट लगाएका उनी व्यापारी। तिब्बतबाट नाम्चेमा सामान बोकर आइपुगेका रहेछन्। ब्ल्याङ्केट, थर्मस, प्लास्टिकका मेच…

    विस्तृतमा पढ्नुस्

  • एभरेस्ट ट्रेलमा लुक्लादेखि नाम्चेसम्मको यात्रा: दुई दशकमा फेरिए दृष्य

    एभरेस्ट ट्रेलमा लुक्लादेखि नाम्चेसम्मको यात्रा: दुई दशकमा फेरिए दृष्य

    हामी लुक्लामा छौं। यहाँबाट फाक्दिङमा पुगेपछि पहिलो बास हुनेछ। यात्राको व्याख्या गर्दै हाम्रा गाइडले हामीलाई निर्देशन दिन भ्याए - बजार क्षेत्र र बस्तीमा पुग्दा मास्क लगाउनु है। त्यतिमात्र होइन, उनले थपे – पसलमा अनुमति नलिइ नछिर्नुहोला। कोभिड १९ को त्रासले यहाँको जीवन पनि नराम्ररी बिथोलिएको छ। आतिथ्यतामा आधारित व्यवसाय महामारीका कारण जोखिमको अवस्थाबाट गुज्रिरहेको छ। केही अघि परीक्षण गर्दा ९…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षपछि खुम्बुको यात्रा - १ : कोरोना भाइरसले भाँडेको मन लिएर 'एभरेस्ट ट्रेल'

    २० वर्षपछि खुम्बुको यात्रा - १ : कोरोना भाइरसले भाँडेको मन लिएर 'एभरेस्ट ट्रेल'

    दशैंको टीकाको दिन दिउँसोतिर उमेश श्रेष्ठको एउटा म्यासेज आयो। संदेश थियो - पीसीआर परीक्षण गरेर जाने हो भने खुम्बुको यात्राको बाटो खुलेको छ। 'द्वादशीका दिन हिँड्ने भए जाऊँ न त।' म्यासेन्जरमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाको 'लेटर हेड'मा कार्तिक १० गतेदेखि पीसीआर परीक्षण गरेर खुम्बु प्रवेश गर्न दिने सूचनाको तस्बिर खुत्रुक्क झर्‍यो। केही निजी ल्याबको नाम तोकेर परीक्षण गर्न भनिएको रहेछ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell