PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • कबड्डीको पेटेन्ट जोगाउँदै 'साइँली' को अवतरण : दर्शनीय फिल्म (समीक्षा)

    कबड्डीको पेटेन्ट जोगाउँदै 'साइँली' को अवतरण : दर्शनीय फिल्म (समीक्षा)

    मौलिक कथालाई आफ्नै शैलीमा बुनेर रामबाबु गुरुङले कबड्डी बनाए। त्यसले रामबाबुमात्र चिनाएन, मौलिक कथा नेपाली सिनेमाका पर्दामा हेर्न सकिने रहेछ भन्ने स्थापित भयो। 'साइँली' रामबाबु शैलीको नयाँ भर्सनका रुपमा आएको छ। कबड्डीले कायम राखेको 'पेटेन्ट'लाई जोगाउँदै थप अब्बल फिल्मका रुपमा उतार्न सफल भएका छन् साइँलीलाई। पछिल्लो समय मौलिक फिल्मको सिर्जना जुन रुपमा भइरहेको छ, त्यसले नेपाली फिल्मको गुणात्मक पक्षलाई बलियो…

    विस्तृतमा पढ्नुस्

  • मैले ग्रहण गर्न नसकेको 'प्रसाद' (ब्लग)

    मैले ग्रहण गर्न नसकेको 'प्रसाद' (ब्लग)

    ऋषिकेश दाहाल- केहीअघि बलिउडको धेरै नै अपेक्षा गरिएको फिल्म 'ठग्स अफ हिन्दुस्तान' हेरिरहँदा नै निराश भइएको थियो, फिल्म औसतमात्र देखेर। अपेक्षा बढी हुनु घातक रहेछ। त्यो फिल्मको मध्यान्तरमा देखाइएको ''प्रसाद''को ट्रेलरले चाहिँ छोटै समय भए पनि रमाइलो बनाएको थियो। मतलब ठग्स… हेर्दाको निराशा एकैछिन भए पनि बिर्साएको थियो। सँगै गएका साथीहरूसँग सेयर गरेको थिएँ – अहो! कस्तो राम्रो। यो चाहिँ…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँले १८ महिनामै तयार पारेर देखाए अपत्यारिलो उद्योग : नेपालमा ३६ अर्बको आयोजना यसरी भयो तयार

    चिनियाँले १८ महिनामै तयार पारेर देखाए अपत्यारिलो उद्योग : नेपालमा ३६ अर्बको आयोजना यसरी भयो तयार

    पूर्व पश्चिम राजमार्ग छाडेर १२ किलोमिटर उत्तरतिर हानिएपछि पुगिन्छ बेनिमणिपुर गाउँ। साना बस्ती र जंगल छिचोल्दै यो बाटो एउटा आकर्षक भवन अगाडि पुगेर टुंगिन्छ। अगाडिको पोखरीमा भवनको प्रतिविम्ब तैरिरहेको लोभलाग्दो दृष्य देख्दा जो कसैलाई पनि लाग्न सक्छ नवलपरासीको एउटा कुनाको गाउँमा नयाँ होटल बनेछ। त्यहाँ बगैचा बन्दै थियो, काम गर्नेहरु दुबो रोप्ने ठाउँ तयार पार्दै थिए। 'एक वर्षपछि यहाँ आइपुग्नु…

    विस्तृतमा पढ्नुस्

  • केयूलाई एनजिओ जसरी चलाउन खोजियो : प्राध्यापक भोला थापा

    केयूलाई एनजिओ जसरी चलाउन खोजियो : प्राध्यापक भोला थापा

    काठमाडौं विश्वविद्यालय (केयु) यतिखेर चर्चामा छ। केयुका रजिष्टार प्राध्यापक डाक्टर भोला थापाले उपकूलपति प्राध्यापक डाक्टर रामकण्ठ मकाजुको कार्यशैलीप्रति आलोचना गर्दै राजिनामा दिएका छन्। प्राज्ञिक र प्रशासनिक दुवै नेतृत्व गर्ने रजिष्टार नहुँदा यतिखेर केयुका प्रशासनिक कार्य प्रभावित छ। संस्थापक उपकूलपति प्राध्यापक सुरेशराज शर्मापछि मकाजुले काठमाडौं विश्वविद्यालय हाँकिरहेका छन्। तर, केयुको शाख क्रमश ओरालोतिर लाग्दैछ। पछिल्लो राजिनामा प्रकरण र उपकूलपतिको भूमिकाको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • अर्काइभबाटः तीन दशकदेखि गुफावास रोजेका मनुजबाबु मिश्रको चन्द्रागिरीसम्म केबलकार यात्रा

    अर्काइभबाटः तीन दशकदेखि गुफावास रोजेका मनुजबाबु मिश्रको चन्द्रागिरीसम्म केबलकार यात्रा

    नोटः वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि समारोहमा वा सार्वजनिक ठाउँमा नदेखिएका उनी ०७३ असारमा परिवारसहित चन्द्रागिरी पुगेका थिए। ०७३ असार ९ गते प्रकाशित सामाग्री पुनः प्रकाशित गरिएको हो। -सम्पादक  काठमाडौँः घाम नअस्ताउँदै सुतिहाल्ने र मध्यरातमा उठेर घोत्लिरहने अथवा चित्र बनाउन थाल्ने कलाकार तथा साहित्यकार मनजुबाबु मिश्रलाई उनको घरबाट…

    विस्तृतमा पढ्नुस्

  • कृष्णसित रामचन्द्रको हार : प्रधानमन्त्रीको दावी गर्थे, कम्तिमा ५ वर्षको हुनेभो 'वनबास'

    कृष्णसित रामचन्द्रको हार : प्रधानमन्त्रीको दावी गर्थे, कम्तिमा ५ वर्षको हुनेभो 'वनबास'

    काठमाडौं : हरेक निर्वाचनमा अब्बल ठहरिँदै आएका रामचन्द्र पौडेल यसपाला राजनीति कम व्यवसाय ज्यादा गर्ने कृष्णबहादुर श्रेष्ठ 'किसान'सँग ठूलै अन्तरले पराजित भए। भलाद्‍मी स्वभावका कृष्ण मिजासिला उम्मेदवार हुन् तर यतिकै कारणले उनले चुनावमा कांग्रेसका 'भेट्रान'लाई पराजित गरेका होइनन्। २०४८ सालदेखि लगातार संसदमा गरेको 'राज'बाट अब कम्तिमा ५ वर्षका लागि वनबासतिर जानुछ रामचन्द्रले। रामचन्द्रको संसदबाट 'वनबास'का यस्ता छन् कारण : देउवासँग…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा को बलियो? बाबुराम कि नारायणकाजी?

    गोरखामा को बलियो? बाबुराम कि नारायणकाजी?

    रामचन्द्र पौडेलको चुनावी कार्यक्रममा सम्बोधन गर्दै थिए कांग्रेसका पूर्व सांसद अमरराज कैनी। कार्यक्रम थियो तनहुँकै डुम्रेमा। कैनीले पौडेलको पक्षमा भोटमात्र मागेनन्। छिमेकी जिल्ला गोरखामा उम्मेदवार रहेका डाक्टर बाबुराम भट्टराई किन चुनावमा जित्नुपर्छ भन्न पनि भ्याए। डुम्रे बजारमा कांग्रेसको एकल प्रचारमा देखिएको यो दृश्य गोरखामा उम्मेदवार बनेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको चुनावी छालको धिमा गति थियो – इपिसेन्टर त स्वभाविक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोग पञ्चायतको गाउँ फर्क अभियानभन्दा पनि अधिनायकवादी भयो: गोविन्दराज जोशी

    निर्वाचन आयोग पञ्चायतको गाउँ फर्क अभियानभन्दा पनि अधिनायकवादी भयो: गोविन्दराज जोशी

    तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्य उम्मेदवार बनेका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्‍यो। उम्मेदवार खारेजीको कारण थियो –जोशीको कानुनी योग्यता नपुग्नु। विशेष अदालतले भ्रस्टाचारी ठहर गरेका जोशीको सर्वोच्चमा मुद्दा विचाराधीन छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले भ्रस्टाचारमा अदालतको फैसला अन्तिम भएको अवस्थामा उम्मेदवारका लागि योग्य नहुने व्यवस्था गरेको छ। तर, मुद्दा विचाराधीन रहेकै अवस्थामा आफूलाई अयोग्य सावित गरेपछि जोशी आयोगसँग रुष्ट…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँबाट आएको त्यो फोनकल जसले गोविन्‍दराज जोशीको उम्मेदवारी रद्द गरायो

    काठमाडौँबाट आएको त्यो फोनकल जसले गोविन्‍दराज जोशीको उम्मेदवारी रद्द गरायो

    दमौली : आफ्नै बलवुतामा चुनावी मैदानमा उत्रिएका थिए गोविन्दराज जोशी। माउ पार्टी नेपाली कांग्रेसले चुनावी टिकट नदिएपछि उनी सयौँको दलबलसहित स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगको जिल्ला कार्यालय पुगे। उम्मेदवारी दर्ता पनि भयो। तर, उनको चाहनामा एकाएक अध्यारो छाउँदै थियो। लामो समय सत्ताको रिङबाट बाहिरै रहेका उनको उम्मेदवारीमाथिको ग्रहण बाक्लिँदै गर्द उनी भने निर्वाचन कार्यालय ढुक्दै थिए – कतिखेर उज्यालो आउँछ…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा चिनिँदै गरेको नेपाली सिनेमा

    काठमाडौं : दशैं निखारमा हुँदा एउटा गुड न्युज सुनाउँदै थिए सुवर्ण थापा। प्रवासमा रहेरै पनि नेपाली सिनेमाको पहिचान खोजिरहेका उनी यतिखेर अमेरिकामा छन्। मिसन हो तस्बिर साउथ एसियन फिल्म फेस्टिबल। मिसन यसकारण कि यसपाला फेस्टिबल नेपाल केन्द्रित छ। सियाटलमा हुन लागेको यो फेस्टिबल नेपाली फिल्मलाई देखाउँदै सुरु हुनेछ भने नेपाली फिल्ममाथि बहस र छलफल पनि चल्नेछ।  'यो एउटा राम्रो अवसर…

    विस्तृतमा पढ्नुस्

  • सुवर्ण थापाले दिएको एउटा 'गुड न्यूज'

    सुवर्ण थापाले दिएको एउटा 'गुड न्यूज'

    काठमाडौं : दशैं निखारमा हुँदा एउटा गुड न्युज सुनाउँदै थिए सुवर्ण थापा। प्रवासमा रहेरै पनि नेपाली सिनेमाको पहिचान खोजिरहेका उनी यतिखेर अमेरिकामा छन्। मिसन हो तस्बिर साउथ एसियन फिल्म फेस्टिबल। मिसन यसकारण कि यसपाला फेस्टिबल नेपाल केन्द्रित छ। सियाटलमा हुन लागेको यो फेस्टिबल नेपाली फिल्मलाई देखाउँदै सुरु हुनेछ भने नेपाली फिल्ममाथि बहस र छलफल पनि चल्नेछ।  'यो एउटा राम्रो अवसर…

    विस्तृतमा पढ्नुस्

  • योगेश्वर अमात्य र किशोर नेपालको 'ककटेल संवाद'

    योगेश्वर अमात्य र किशोर नेपालको 'ककटेल संवाद'

    अध्यात्म, मनोरञ्जन र पुनर्मिलनको ककटेल हो दशैं। यो ककटेलले दशैंलाई रङ्गीन बनाइरहँदा हामी भने गफिने मुडमा छौं। विषयलाई काँडेतारले घेरिएको छैन। पर्वै ककटेल भएपछि विषयलाई लक्ष्मण रेखाभित्र समेट्नु न्यायोचित हुन्न पनि। विषयमा मदिरा नघोल्ने हो भने मात लाग्ने बनाउन पनि कठिन। पत्रकार किशोर नेपाल र गायक योगेश्वर अमात्य एकै ठाउँमा छन् - मात लाग्नका लागि अब अरु के चाहियो र?…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडल : समाजको कुरुप पक्षलाई हेर्ने फरक ऐना

    नेपाल आइडल : समाजको कुरुप पक्षलाई हेर्ने फरक ऐना

    भर्खरै हातमा शरच्चन्द्र वस्तीको किताब परेको छ नेपाली कसरी लेख्ने? ठीक लेखिरहेको छु भन्ने भ्रम पाल्नेहरु आफूजस्ता धैरैका शब्द विन्यासको ढङ्ग देखेर आफैँ रङवङ्गिएको छु। चड्कन हानिरहेको छ किताबले। वस्तीको भाषा स्तरोन्नति गर्ने अभियानको किताबमात्र होइन नजिकिँदै गरेको दशैँको छेको पारेर किताब बजारमा उतार्ने होडबाजी नै चलेको छ। ठूला-साना पब्लिकेसन्स पृथक शैलीमा किताब लन्च गर्ने होडमा छन्। बजारमा सबैखाले किताब…

    विस्तृतमा पढ्नुस्

  • सेनाको रेडियो मोह : किन शंका र संशय?

    सेनाको रेडियो मोह : किन शंका र संशय?

    पत्रकार मोहन मैनालीको चर्चित 'जोगिमाराका ज्यूँदाहरु' डकुमेन्ट्री द्वन्द्वकालका अन्य पक्षजस्तै मिडियाको कभरेज कस्तो हुन्थ्यो भन्ने बुझाउन गतिलो सामग्री हो। मैनालीले डकुमेन्ट्रीमा रेडियो नेपालको एउटा समाचारलाई अर्थपूर्ण रुपमा समावेश गरेका छन्। मैनालीले रेडियो नेपालबाट लिएको उक्त समाचारमा भनिएको छ : अछामको छिमेकी जिल्ला कालिकोटका विभिन्न ठाउँमा नेपाली सेना कारबाहीमा ठूलो संख्यामा आतंककारी माओवादी मारिएका छन्। मिडियासँग सम्बन्धित नभए पनि द्वन्द्वकालीन नेपाल…

    विस्तृतमा पढ्नुस्

  • एमालेको काठमाडौँमा शानदार विजय : यी हुन् पर्दा पछाडिका रणनीतिकार

    एमालेको काठमाडौँमा शानदार विजय : यी हुन् पर्दा पछाडिका रणनीतिकार

    काठमाडौँ : जतिखेर नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरु चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यौलमा थिए त्यतिखेर मैदानमा उत्रिसकेका थिए उनी। राष्ट्रिय राजनीतिमा आएका चर्का विवाद र बहसलाई कसरी 'क्यास' गर्ने भन्ने रणनीति बनाउन सक्रिय उनको आँकलन थियो – काठमाडौंमा कम्तिमा ५ नगरपालिका जित्ने, २ मा कडा टक्कर दिने र महानगरपालिका 'कब्जा' गर्ने।  यही लक्ष्यअनुसार उनले पार्टी हाइकमाण्डसामु आग्रह गरे,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा एमालेको शानदार विजयमा चाणक्य बनेका कृष्ण

    काठमाडौँ : जतिखेर नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरु चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यौलमा थिए त्यतिखेर मैदानमा उत्रिसकेका थिए उनी। राष्ट्रिय राजनीतिमा आएका चर्का विवाद र बहसलाई कसरी 'क्यास' गर्ने भन्ने रणनीति बनाउन सक्रिय उनको आँकलन थियो – काठमाडौंमा कम्तिमा ५ नगरपालिका जित्ने, २ मा कडा टक्कर दिने र महानगरपालिका 'कब्जा' गर्ने।  यही लक्ष्यअनुसार उनले पार्टी हाइकमाण्डसामु आग्रह गरे,…

    विस्तृतमा पढ्नुस्

  • विवादै विवादबीच प्रचण्डको बहिर्गमन

    विवादै विवादबीच प्रचण्डको बहिर्गमन

    काठमाडौं : सत्ता साझेदार पार्टीसँगको भद्र सहमति पालना गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा गरेर नेपाली राजनीतिमा एउटा अध्यायको थालनी गरे पनि उनी दूधले मात्रै धोइएका पात्र भने होइनन्। दुई पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट नेताका रुपमा पछिल्लो पटक उनले राजनीतिक प्रभाव त छाडे तर त्यससँगै उनले विवादका केही श्रृङ्खलाहरुलाई अलपत्र छाडेका छन् । राजनीतिक संस्कार कायम गरेको तारिफ पाइरहँदा केही अनुत्तरित…

    विस्तृतमा पढ्नुस्

  • टिप्पणी : चुनावी तालमेल, प्रजातान्त्रिक अभ्यासमाथिको झेल

    टिप्पणी : चुनावी तालमेल, प्रजातान्त्रिक अभ्यासमाथिको झेल

    अघिल्लो सरकारका सत्ता साझेदार दलहरु नेकपा एमाले र तत्कालीन राप्रपा नेपाल (हाल राप्रपा)बीच तीन महानगरपालिकाको निर्वाचनमा एकताले बामपन्थी र दक्षिणपन्थी दुवैधारलाई अचम्मित बनायो। बाम राजनीतिबाट माथि उठेकाहरुले यस्तो गठबन्धनलाई 'लाज'का रुपमा बुझे। दक्षिणपन्थी धारकाले यसलाई सफलता नै ठाने। कठोर राजनीतिक वातावरणमा हुर्किएका कम्युनिस्टहरुका लागि यो कम्ता कोक्याउने विषय थिएन। कमल थापाहरुका लागि भने सफलताको कडा बनिरहेको थियो।  नदीका दुई किनाराको…

    विस्तृतमा पढ्नुस्

  • सधैंका लागि निद्रामा एउटा समाज : सम्झनामा मणिराज उपाध्याय

    सधैंका लागि निद्रामा एउटा समाज : सम्झनामा मणिराज उपाध्याय

    ‘कान्तिपुर’ नेपालको पहिलो निजी क्षेत्रको ब्रोडसिट दैनिक होइन। ‘गोरखापत्र’ र ‘दी राइजिङ नेपाल’ बाहेक पहिलो ब्रोडसिट दैनिकका रुपमा पटक-पटक ‘कान्तिपुर’लाई चिनाइने गरिएकाले यहाँ उल्लेख गरिएको मात्र हो। ‘समाज’ दैनिक ‘कान्तिपुर’ जन्मनुअघि नै ब्रोडसिट आकारमा छापिइसकेको थियो। संस्थापक मणिराज उपाध्यायले मदनमणि माड्साब (दीक्षित) र गोपालदास श्रेष्ठसँग मिलेर करिब एक वर्ष ब्रोडसिट प्रकाशन गरे तर टिकाउन सकेनन्। श्रेष्ठको प्रेसमा छापिने पत्रिकामा अन्य…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा आन्दोलन दार्चुलामा दु:ख

    (दार्चुलाबाट फर्केर)  कैलालीबाट २ सय १० किलोमिटर टाढाको दुरीमा रहेको दार्चुलाको खलङ्गामा झर्नासाथ एक स्थानीयले दिएको अभिव्यक्तिले अचम्म पर्यौँ । 'तपाईँहरु आउनुहुन्छ र यहाँको बारे केके लेखिदिनुहुन्छ। समस्या त हामीले भोग्नुपर्छ,' उनले आफ्नो कुरा अघि सार्दै थपे, 'तपाईँहरु काठमाडौंमा जति धेरै राष्ट्रवादको कुरा गर्नुहुन्छ, हामी यहाँ त्यति नै धेरै पीडित हुन्छौं।'  उनको अभिव्यक्तिसँग धेरैले सहमति जनाएपछि दूरको यो भूगोलको पीडा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell