PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​शुक्रबार ३ हजारले बढेको सुन आइतबार ५ सयले घट्यो



पहिलोपोस्ट

​शुक्रबार ३ हजारले बढेको सुन आइतबार ५ सयले घट्यो

काठमाडौं : साताको पहिलो दिन सुनको भाउ ओरालो लागेको छ। गएको साताको अन्तिम दिन तीन हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार भने तोलाको पाँच सय रुपैयाँले घटेको छ।
 
गत शुक्रबार युरोपेली संघ (इयु)बाट बेलायत छुट्टिने अवस्था आएपछि अन्तर्राष्ट्रिय बजारमा सुनमा लागानी बढेको थियो। बेलायतको केन्द्रिय बैंकमा बैंक डिपोजिटको ब्याज सून्यमा पुगेपछि सुनको आकर्षण बढेको र सुनको मुल्य एकास्सी उकालो लागेकोले नेपाली बजार प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए। उनले भने, ‘लगानीकर्ताले अन्य क्षेत्रमा जोखिम देख्ना साथ सुनमा लगानी गर्छन् र सुनको माग बढ्ने गर्छ।’
 
तर सोही दिन दिउँसो फेरि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा सुधार आयो। केही पक्षले इयुबाट बेलायत बहिर्गमनको विरोध र अर्को जनमत संग्रहको माग गरिरहेको अवस्थामा बेलायत बाहिरिन्छ भन्ने अवस्था अन्योल नै रहेको शाक्यले बताए। यहि अन्योलताका कारण शुक्रबार दिउँसो नै सुनको मूल्य घटेको उनले बताए।
 
शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार हुँदैन। ‘आइतबारको सुनको मुल्य गत साता शुक्रबार दिउँसोको मुल्य परिवर्तनको परिणाम हो’,शाक्यले भने, ‘अस्ति दिउँसो नै सुनको मुल्य पाँच सय रुपैयाँले घटेको थियो।’आन्तरिक बजारमा दैनिक सुनको माग मुस्किलले दस किलो पुग्ने गरेको उनले जानकारी दिए। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको भाउ तोलाको ५९ हजार रुपैयाँ पुगेको थियो।
 
सुनको भाउ सँगै चाँदीको भाउ पनि पाँच रुपैयाँले सस्तिएको छ। महासंघका अनुसार चाँदी आइतबार चाँदी तोलाको आठ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी तोलाको आठ सय २० रुपैयाँ पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell