PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

स्मार्ट टेलिकमको काठमाडौंमा ५० टावर, थ्री जी बनाउने तयारी



पहिलोपोस्ट

स्मार्ट टेलिकमको काठमाडौंमा ५० टावर, थ्री जी बनाउने तयारी

काठमाडौं : सेवा विस्तारका क्रममा स्मार्ट टेलिकमले काठमाडौं उपत्यकामा करिब ५० वटा टावर जडान गरिएको जानकारी दिएको छ। कम्पनीले यी टावरबाट परीक्षण भइरहेको समेत जानकारी दिएको छ।

हाल स्मार्टको सेवा बिस्तार भएका ३४ जिल्लाका उपभोक्ता काठमाडौंमा आउँदा बिस्तारित नेटवर्कबाट फाइदा लिन सक्ने कम्पनीका कर्पोरेट कम्युनिकेसनका प्रमुख पवन सिंह शाक्यले जानकारी दिए। उनले यससँगै काठमाडौंमा ग्राहक आधार समेत बिस्तार गरिने बताए।

काठमाडौंमा उपभोक्ताको सेवाका लागि विभिन्न स्थानमा ग्राहक केन्द्र खोलिने शाक्यले बताए। उनले अहिलेको टु जी नेटवर्कलाई थ्रीजी सेवामा बिस्तार गर्न नियामक निकायसँग काम गरिरहेको समेत बताए। कम्पनीले पोखरा, नेपालगञ्ज, वीरगञ्ज र चितवनमा समेत नयाँ टावर थप्ने काम गरिरहेको छ। कम्पनीले देशभर सेवा विस्तारका लागि एकीकृत लाइसेन्स समेत प्राप्त गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell