PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

युरो कर्नर : मुगुरुजाको मन फुटबलतिर, चेकको मन टेनिसतिर



पहिलोपोस्ट

युरो कर्नर : मुगुरुजाको मन फुटबलतिर, चेकको मन टेनिसतिर

फ्रान्समा चलिरहेको युरो २०१६ ले अहिले जो कोहीको ध्यान तानिरहेको छ। स्टार खेलाडीहरुको जमघट भएको प्रतियोगितामा समर्थकहरु आ-आफ्नो टीमलाई समर्थन गरिरहेका छन्।

यति मात्र होइन अन्य खेलका खेलाडी पनि आफ्नो खेललाई भन्दा युरोकपलाई बढी महत्व दिइरहेका छन् ।

त्यसैमध्येकी एक हुन्, स्पेनिस टेनिस खेलाडी गार्विन मुगुरुजा। वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस विम्बल्डन ओपन खेल्न उनी अहिले इंगल्याण्डमा छिन् तर उनको मन फ्रान्समा छ। भोलि स्पेनले प्रिक्वाटरफाइनलमा इटलीसँग खेल्दैछ र उनी त्यस खेललाई लिएर उत्साहित भएकी छिन्।

यतिसम्मकी विम्बल्डनको पत्रकार सम्मेलनमा पनि मुगुरुजा स्पेनको फुटबल जर्सी लगाएर गएकी थिइन्।

गत महिना करियरकै पहिलो ग्राण्डसलामको उपाधि जित्ने क्रममा फ्रेन्च ओपनको उपाधि जितेकी मुगुरुजाले भनिन्, 'स्पेनिस जनताको लागि फुटबल क्रेजी गेम हो, यदि तपाईंले स्पेनमा फुटबलबारे रुचि राख्नुहुन्न भने तपाईं मरेसरह हुन्छ। तपाईंसँग कुनै संवाद नै हुँदैन।' 

उनले स्पेनका सर्गियो रामोस र आन्द्रेज इनेस्टाको खेल मन पर्ने बताइन्। तर स्पेन र इटलीको खेल भएकै समयमा विम्बल्डनमा आफ्नो खेल पनि भएकोले मुगुरुजा फुटबल वा टेनिस कतातिर ध्यान दिने दोधारमा छिन्।

यता फुटबल खेलाडी पिटर चेक भने युरो कपबाट आफ्नो टोली बाहिरिएपछि विम्बल्डन हेर्न लण्डन पुगेका छन्। उनी चेकका टेनिस खेलाडी राडेक स्टेपनेकका साथमा लण्डन पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell