
युरो २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलको छैटौं खेलमा हंगेरी र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई बीचको खेल मध्यरात १२:४५ बजे हुनेछ।
समूह चरणमा अपराजित रहेको हंगेरी समूह एफको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। हंगेरीले पहिलो खेलमा अष्ट्रियालाई पराजित गरेको थियो भने आइसल्याण्ड र पोर्चुगलसँग बराबरी खेलेको थियो। यस्तै हंगेरी र वेल्सले समूह चरणमा सबैभन्दा बढी ६ गोल गरेका थिए।
यता गोल्डेन जेनेरेसनको रुपमा चिनिएको बेल्जियम पहिलो खेलमै इटलीसँग पराजित हुन पुग्यो। तर त्यसपछिका खेलमा आयरल्याण्ड र स्वीडेनलाई हराउँदै बेल्जियम समूह ई को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।#EURO2016 अन्तर्गत अहिले १२:४५ मा #Hun vs #Bel खेल हुँदैछ। प्रिभ्यु https://t.co/AQ9h94nfSf तपाईँ कसको पक्षमा?
— PahiloPost (@PahiloPost) June 26, 2016
बेल्जियम टीममा अहिले स्टार खेलाडीहरुको बाहुल्य रहे पनि सोचेजस्तो प्रदर्शन हुन सकेको छैन। समूह चरणमा जम्न नसकेको बेल्जियमका लागि प्रिक्वाटरफाइनलमा हंगेरी विरुद्धको खेल नै असली परीक्षा हुनेछ। हंगेरी पोर्चुगल रहेको समूहबाट विजेता बन्दै अघि बढेको टोली हो भने जारी युरोमा कुनै पनि खेल गुमाएको छैन।
त्यसैले पनि हंगेरी र बेल्जियम विरुद्धको खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।
बेल्जियमले समूह चरणमा स्वीडेनविरुद्ध खेलेका टोली नै खेलाउने सम्भावना बढी छ भने हंगेरीले लाज्लो क्लेइनहेस्लर, एडन नागी, टमस कडारलाई पहिलो रोजाइमा खेलाउने सम्भावना रहेको छ।
हंगेरी र बेल्जियमबीच अहिलेसम्म भएको खेलमा बेल्जियम हाबी छ। बेल्जियमले ८ खेल जितेको छ भने हंगेरीले २ खेल। बाँकी २ खेल बराबरीमा सकिएको थियो।
खेल हुने समय : मध्यरात १२:४५ बजे
खेल हुने स्थान : स्टेडियम डे टोउलोस, टोउलोस
हेर्नलायक खेलाडी : बलास डुजाक हंगेरी, केभिन डे ब्रुएन
हेड टु हेड : हंगेरी २, बेल्जियम ८, बराबरी २
रेफ्री : मिलोरड मजिक, सर्बिया
युरो सहभागिता : हंगेरी ३, बेल्जियम ५
फिफा वरियता : हंगेरी २०, बेल्जियम २
खेल हुने स्थान : स्टेडियम डे टोउलोस, टोउलोस
हेर्नलायक खेलाडी : बलास डुजाक हंगेरी, केभिन डे ब्रुएन
हेड टु हेड : हंगेरी २, बेल्जियम ८, बराबरी २
रेफ्री : मिलोरड मजिक, सर्बिया
युरो सहभागिता : हंगेरी ३, बेल्जियम ५
फिफा वरियता : हंगेरी २०, बेल्जियम २