PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

देउवा नआएपछि ​नेविसंघको कार्यक्रम उद्घाटन नै भएन



पहिलोपोस्ट

देउवा नआएपछि ​नेविसंघको कार्यक्रम उद्घाटन नै भएन

काठमाडौँ : आइतबार राष्ट्रिय सभागृहको हलमा शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति शुभराम बस्नेतले कार्यक्रम राखेका थिए। प्रमुख अतिथि भनेर प्रचार गरिएको थियो कांग्रेस सभापति शेरबहादुर देउवा। र, अतिथिहरुको पनि लामै नाम सार्वजिनक गरिएको थियो।

अहिलेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताले के भन्छन् भन्ने विषय धेरैका लागि चासोको विषय थियो। मिडियाहरु पनि चासोका साथ कार्यक्रमस्थलमा पुगे।

तर दिउँसो एक बजेका लागि राखिको कार्यक्रममा देउवा पुगेनन्। दिउँसो साढे दुई बजे मात्र कार्यक्रम सुरु भयो। प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसले संसद अवरोध गरेर अर्को बैठकसम्‍म कुर्नुपरेकाले नयाँ बानेश्वरस्थित संसद भवनमै थिए। तेस्रो पटक डाकिएको संसद बैठक अवरोध गरिसक्दा केही ढिला पनि भएको थियो।

विद्यार्थी नेतादेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसम्मका वक्ताहरु बोल्दै गए। केन्द्रीय सदस्यहरु लक्ष्मी परियार, डिला संग्रौला, एनपी साउद, शंङकर भण्डारी, प्रकाशरण महत, रामशरण महत पनि बोलिसके, तर देउवा कार्यक्रममा आएनन्।

अन्त्यमा कार्यक्रमको अध्यक्षता गरिरहेका शंकरदेवका पूर्वस्ववियुसभापति शुभराम बस्नेतको पालो आयो। उनले धेरै खाले भाषण गरे। अरु शिक्षाविद्ले दिने सुझाव भन्दा विद्यार्थी हकहितका लागि आफू अनुभवले नै धेरै कुरा बताउन सक्ने भन्दै नेविसंघलाई पनि यस्तै विद्यार्थीका समस्या बुझने नेतृत्व चाहिएको बताए। र उनले आफूले उपत्यकाका विभिन्न क्याम्पसमा आफूले करिव २०० गरिब विद्यार्थी पढाइरहेको दावी गरे।

अन्त्यमा उनले प्रमुख अतिथिलाई ताकेर 'कार्यक्रम बासी राख्ने विचार गरेको छु, आज उद्घाटन नगरी कार्यक्रम समापन गर्छु' भने। यति मात्र हैन उनले प्रमुख अतिथिको व्याच घरमै पुर्याएर उनलाई हस्तान्तरण गर्ने पनि बताए।


'आजको कार्यक्रम बासी राख्ने निर्णयमा पुगेको छु,  प्रमुख अतिथि नआएकाले यो पालनसमा दीप प्रज्वलन गरिएको छैन' शुभरामले भने, 'प्रमुख अतिथिको व्याच पनि उहाँलाई घरमै लगेर हस्तान्तरण गरिन्छ।'

देउवा पक्षकै शुभराम किन देउवासँग आक्रोशित ?
शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति बस्नेत नेपाल विद्यार्थी संघको आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासीका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। त्यही प्रचारलाई बलियो बनाउन उनले सभापति देउवालाई ल्याएर उनकै अगाडि उम्मेद्वारी घोषणाको फोरम तयार पारिरहेका थिए उनले।

त्यसैले उनले जसरी पनि देउवालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न पटक पटक कार्यक्रम सारेको बताए। 'म आफै पटक पटक समय माग्न गएको थिएँ। सुरुमा ६ गतेका लागि समय मागे पछि सार भन्नुभयो। नौ गतेलाई सारेँ। फेरि समय मिलेन भन्नुभयो' उनले भने, 'त्यसपछि कहिलेलाई राखौ भनेपछि उहाँकै सल्लाह अनुसार १२ गतेलाई राखेका थिए।' उनले कार्यक्रम सारेकै कारण चिठ्ठि पटक पटक फेर्नुपरेको गुनासो गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell