PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​हाजार्ड चम्केपछि बेल्जियमले हंगेरीलाई हरायो, क्वाटरफाइनलमा वेल्ससँग भिड्ने



पहिलोपोस्ट

​हाजार्ड चम्केपछि बेल्जियमले हंगेरीलाई हरायो, क्वाटरफाइनलमा वेल्ससँग भिड्ने

कप्तान इडेन हाजार्डको प्रेरणादायी प्रदर्शनमा हंगेरीलाई ४-० गोल अन्तरले पराजित गर्दै बेल्जियम फ्रान्समा जारी युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 
टोउलोसमा भएको खेलमा बेल्जियमलाई शानदार जित दिलाउन चार फरक खेलाडीले गोल गरे। जसमा दुई गोल वैकल्पिक खेलाडीले गरे। समूह चरणमा सन्तुलित प्रदर्शन गर्न नसकेको बेल्जियमले हंगेरी विरुद्ध भने एकपक्षिय नतिजा निकाल्यो।
 
खेलको दशौ मिनेटमै टोवी एल्डरवाएल्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए। तर दोस्रो गोल गर्न बेल्जियमले ७८ औं मिनेटसम्म कुर्नुपर्यो।
 
समूह् चरणमा अपराजित रहेको हंगेरीले बेल्जियम विरुद्ध बराबरी गोल फर्काउन संघर्ष गरिरहेको बेला बेल्जियमले ७८ औं मिनेटमा गोल थप्यो।

कप्तान हाजार्डको पासमा मिची बाट्सुएईले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे। बाट्सुएईले मैदान प्रवेश गरेको दुई मिनेटमै गोल गरेका हुन्।
 
त्यसको दुई मिनेटपछि नै हाजार्डले एकल प्रयासमा गोल गर्दै बेल्जियमलाई ३–० को अग्रता दिलाए। बेल्जियम यतीमै रोकियन खेलको अन्त्यतिर अर्का वैकल्पिक खेलाडी यानिक कारास्सोले गोल गरेपछि बेल्जियमले हंगेरीलाई ४–० ले हरायो।
 
बेल्जियमले अब क्वाटरफाइनलमा वेल्ससँग प्रतिस्पर्धा गर्नेछ। वेल्स उत्तरी आयरल्याण्डलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell