PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​कोपा अमेरिका : सान्चेज उत्कृष्ट खेलाडी, भर्गास सर्वाधिक गोलकर्ता



पहिलोपोस्ट

​कोपा अमेरिका : सान्चेज उत्कृष्ट खेलाडी, भर्गास सर्वाधिक गोलकर्ता

अमेरिकामा सम्पन्न कोपा अमेरिका सेन्टेनारियोको उपाधि चिलीले जितेको छ। अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै चिली लगातार दोस्रो पटक कोपा अमेरिका च्याम्पियन बनेको हो। 


गत वर्ष पनि चिलीले पेनाल्टी सुटआउटमै अर्जेन्टिनालाई पराजित गर्दै पहिलो पटक कोपा उपाधि जितेको थियो। चिलीले ४५ औं संस्करणको कोपा उपाधि जित्दा व्यक्तिगत विधामा पनि चिलीकै खेलाडीहरुको बाहुल्य रह्यो। फाइनल खेलको म्यान अफ दि म्याच चिलीका गोलरक्षक कलाउडियो ब्राभो चुनिए। 

चिलीका एलेक्सिस सान्चेज प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेल बल अवार्ड जिते। सान्चेजले ३ गोल समेत गरेका थिए। 


यस्तै ६ गोल गरेका चिलीका एडुआर्डो भर्गास सर्वाधिक गोलकर्ता बने। उनले मेक्सिको विरुद्धको खेलमा ४ गोल गरेका थिए।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा एक पेनाल्टी समेत रोकेका क्लाउडियो ब्राभो उत्कृष्ट गोलरक्षक घोषित भए। ब्राभोले गोल्डेन ग्लोभ्स अवार्ड जिते। 


फाइनलमा पराजित हुँदै लगातार दोस्रो पटक उपविजेतामै चित्त बुझाएको अर्जेन्टिनाले फेयर प्लेको अवार्डमात्र जित्न सफल भयो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell