PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

​पत्नीको हत्या गरी मलेसिया! १७ वर्षपछि परे फन्दामा



पहिलोपोस्ट

​पत्नीको हत्या गरी मलेसिया! १७ वर्षपछि परे फन्दामा

काठमाडौं : आफ्नै पत्नीको हत्या गरेर फरार नवराज श्रेष्ठ १७ वर्षपछि प्रहरी फन्दामा परेका छन्।
 
रक्सीको सुरमा नवराज नगरकोटी भनेर चिनिने नवराज श्रेष्ठले पत्नी रिनालाई मट्टितेल खन्याएर आगो लगाएका थिए। आगोले घाइते भएकी रिनाको उपचारका क्रममा २०५६ साल पुस १८ गते शिक्षण अस्पतालमा मृत्यु भयो। जिल्ला अदालत काठमाडौंले ४३ वर्षीय नवराज श्रेष्ठलाई  कर्तव्य ज्यान मुद्धामा सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। त्यसयता उनी फरार रहँदै आएका थिए।
 
फरार भएकै १७ वर्षपछि प्रहरीले श्रेष्ठलाई गत शुक्रबार ललितपुरको इमाडोलमा समात्यो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युराका एसपी दिवेश लोहनीका अनुसार घटना भएपछि श्रेष्ठ २०६३ सालमा वैदेशिक रोजगारको लागि मलेसिया गएका थिए। तीन वर्ष काम गरेर फर्केका उनले पुन: विबाह गरी लुकिछिपी बस्दै आएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell