PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गुगलका को फाउन्डर लागे फेसबुकको स्पिड इन्टरनेटतिर



पहिलोपोस्ट

गुगलका को फाउन्डर लागे फेसबुकको स्पिड इन्टरनेटतिर

जाइन्ट सोसल मिडिया फेसबुकले हाइ स्पिड इन्टरनेट परियोजनाका लागि गुगलका एक संस्थापकलाई नियुक्ति दिएको छ।   

इन्फास्ट्रक्चर कनेक्टिभिटी एन्ड इन्भेस्टमेन्ट निर्देशकका रुपमा केभिन लोलाई फेसबुकले हायर गरेको हो। उनको नेतृत्वमा माइक्रोसफ्ट र फेसबुकको सहकार्यमा सहरी क्षेत्रमा फाइबर अप्टिक केबुलसहित तीब्र गतिको इन्टरनेट सेवा विस्तार गरिनेछ।

उच्च गतिको इन्टरनेट चलाउन नपाएका ४ अर्ब जनसंख्यामा सेवा विस्तारका लागि आफूले पद लिएको फेसबुक पेजमा उनले जानकारी दिएका छन्।

'म यसै महिनाबाट फेसबुकको इन्फास्ट्रक्चर कनेक्टिभिटी एन्ड इन्भेस्टमेन्ट निर्देशकका रुपमा ज्वाइन गर्दैछु,' उनले लेखेका छन्। उनले आफ्नो जिम्मेबारीबारे थप खुलासा गर्दै वायरलेस इन्टरनेटका लागि योजना निर्माण र त्यसलाई व्यवहारमा उतार्ने जिम्मेबारी आफ्नो रहेको बताए।

फेसबुकले इन्टरनेट स्पिडमा काम गरिरहेको भए पनि यसले गुगलले जस्तो फाइबर प्रोजेक्ट भने नल्याउने जनाइएको छ।

सन् २०१० मा गुगलमा आवद्ध भएको लु कम्पनीको फाइबर प्रोजेक्टका को फाउन्डर हुन्। सन् २०१५ मा उनले कम्पनी छाडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell