PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

गोलमाल ४ मा रोहित र अजयकै जोडी



पहिलोपोस्ट

गोलमाल ४ मा रोहित र अजयकै जोडी

रोहित सेट्टी र अजय देवगानका फ्यानलाई खुसीको खबर - यो जोडी गोलमाल सिरिजमा फेरि आउने पक्का भएको छ। रोहितको नयाँ फिल्म अजय देवगानसँगै गोलमालकै सिक्बेलमा बन्ने भएको हो।

रोहितका सुरुका केही फिल्ममा अजय देवगानमात्र रहे। त्यसपछि रोहितले शाहरुख खानसँग दुई फिल्म गरे। त्यसपछि यो जोडी सिंघम रिटर्नसमा फेरि एक भयो।

त्यसो त रोहित सेट्टी र अजय देवगानबीच सम्बन्ध खराब रहेका चर्चा नचलेका होइनन्। सेलिब्रिटी वर्ल्डमा यस्ता चर्चा सामान्य नै हुन्। रोहितले दिलवालेपछि राम लखन बनाउने कुरा थियो तर यो रोकियो। अहिले गोलमालका लागि रोहित जुटेका छन्। गोलमाल ४ केही समयमा नै फ्लोरमा जानेछ।

रोहित र अजय दुवै अति व्यस्त भएका कारण भेटसमेत गर्न भ्याएका थिएनन्। गोलमाल ४ यसै वर्षको अन्त्यसम्म तयार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell