PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

​प्रचण्डको अष्ट्रेलिया भ्रमण किन भयो रद्द? यस्तो छ उनको प्रस्टिकरण



पहिलोपोस्ट

​प्रचण्डको अष्ट्रेलिया भ्रमण किन भयो रद्द? यस्तो छ उनको प्रस्टिकरण

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अष्ट्रेलिया भ्रमणबारे अनपेक्षित चर्चा भएको बताएका छन्। 

प्रचण्डले एक साता लामो अष्ट्रेलियाको भ्रमण कार्यक्रम अन्तिम समयमा स्थगित गरेका थिए। अष्ट्रेलियामा द्वन्द्वकालीन घटनाको विषयलाई लिएर 'गतिविधि' हुन सक्ने देखेपछि प्रचण्डको भ्रमण रद्द भएको थियो। 

जनकपुरमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफूले सोचे भन्दा धेरै चर्चा भएको बताए। 

'यस्तो चर्चा हुन्छ भन्ने सोचेको थिइन। मैले आफ्नै पार्टीको कामको कारण, राजनीतिक घटनाक्रम हेर्दा पनि एक हप्ता विदेश बस्नु उपयुक्त हुन्न भन्ने सोच्दै थिएँ। त्यहीबेला प्रधानमन्त्रीले पनि नजाँदा राम्रो हुन्छ भनेपछि ठीकै छ भनेको हो,' उनले भ्रमण रद्द हुनुको कारणबारे भने। 

अष्ट्रेलियामा न्यु साउथ वेल्स प्रिमियर कार्यालयले विभिन्न सरकारी निकाय र प्रहरीलाई समेत प्रचण्डको भ्रमणबारे आवश्यक कदम चाल्न भनेको पत्र सार्वजनिक भएको थियो। 


फोटो साभार : एमएनटिभी

तर प्रचण्डले भने भ्रमणका विषयमा आफूलाई अष्ट्रेलियाका राजदूतले नै केही नहुने बताएको सुनाए। 

'अष्ट्रेलियाको तर्फबाट राजदूतले केही छैन। केही हुने वाला छैन। तपाईँ जानुपर्‍यो। जाँदा हुन्छ भनेर सरकारको तर्फबाट भनेको स्थितिमा जसरी मिडियामा चर्चा भएको छ त्यो निराधार छ भन्ने लाग्छ,' प्रचण्डले भने। 

सम्बन्धित समाचार : ​किन रद्द भयो प्रचण्डको अस्ट्रेलिया भ्रमण? द्वन्द्वकालीन मुद्दाले विवाद निम्त्याउने डर पनि



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell