
युरो अन्तर्गत प्रि-क्वाटर फाइनल खेलमा आयरल्याण्ड आयोजक फ्रान्ससँग पराजित हुँदै बाहिरिएको छ। तर आयरल्याण्डका रोबी ब्राडीले फ्रान्स विरुद्धको गरेको गोल युरो इतिहासकै दोस्रो छिटो गोल बनेको छ।
आइतबार भएको खेलमा खेलको दोस्रो मिनेटमा प्राप्त पेनाल्टीमा आयरल्याण्डका ब्राडीले गोल गर्दै अग्रता दिलाएका थिए। उनले खेल सुरु भएको दुई मिनेटमा उक्त गोल गरेका थिए। तर एन्टोनी ग्रिज्मनले दुई गोल गरेपछि आयरल्याण्ड दुई एकको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो।
युरोकपमा सर्वाधिक छिटो गोल गर्ने रेकर्ड भने नाम भने रसियाका दिमित्री किरिचेन्कोको नाममा छ। सन् २००४ को युरोमा किरिचेन्कोले ग्रीस विरुद्ध खेल सुरु भएको ६७ सेकेण्डमै गोल गरेका थिए। उक्त रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन।
यस्तै तेस्रो छिटो गोलको रेकर्ड पनि रसियन खेलाडीकै नाममा छ। सन् १९८८ को युरोकपमा रसियाका सर्जेल एलेइनिकोभले इंगल्याण्ड विरुद्धको खेलमा २ मिनेट ७ सेकेण्डमा गोल गरेका थिए।
रोबी ब्राडीको गोल यस्तो थियो।