PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

पूर्व अर्थमन्त्री रामशरण महतको टिप्पणी : पीडित पालमुनि, सरकारको कानमा तेल



पहिलोपोस्ट

पूर्व अर्थमन्त्री रामशरण महतको टिप्पणी : पीडित पालमुनि, सरकारको कानमा तेल

  • रामशरण महत -
आज चौथो दिन पनि बाध्यकारी परिस्थितिमा हामी संसद अवरोध गर्दैछौं। बाध्यकारी यस अर्थमा कि हामीले बजेटको छलफलमा भाग लियौं। देशका विभिन्न ठाउँका विभिन्न समस्याका विषयमा कुरा राख्यौं। तर यो सरकार रेस्पोन्सिव भएन। गएको चौध महिनादेखि भूकम्प पीडितहरु पालमुनि नै छन्। सरकार कानमा तेल हालेर बसेको छ। उसको अकर्मन्यताले सीमा नाघ्यो। हामीले राखेका मागमध्ये एउटा हो - एकमुष्ट दुई लाख रुपैयाँ दिने।  

हाम्रै सरकारले विश्व बैकसँगको सम्झौता तीन किस्तामा दिनेगरी गरेकै थियो। त्यही अनुरुप कानुन पनि बनेको हो। त्यो परिस्थिति अनुसार सबैको हित सोचेर तत्काल रकमको सदपयोग होस् भनेर गरिएको व्यवस्था हो।

हाम्रो सरकारले रेस्क्युको काम कसरी गर्यौ, कति प्रभावकरी भएको थियो सबैलाई थाहा छ। सहयोग जुटाउनका लागि पाँच महिना लाग्ने पोस्ट डिजास्टर रेक्यु रिपोर्ट ६० दिनभित्र तयार पार्‍यौं। अन्तर्राष्ट्रिय क्षेत्रले बाहिर गर्नुस् सम्मेलन भनेर पनि भने। हामीले त्यसका बाबजुत पनि सम्मेलन नेपालमा सम्पन्न गर्‍यौं। साँढे चार खर्बको सम्झौता भयो।

हामीले तीन किस्तामा रकम दिने भन्नुको मतलब एक वर्षसम्म एक किस्ता पनि नदिने भन्ने थिएन। ५० अर्ब घर निर्माणका लागि छुट्टाइएको थियो। अहिले पाँच हजारलाई रकम दिइयो रे ! यो भन्दा निकम्मापन पनि हुन्छ?

सर्भे पनि ११ जिल्लामा मात्र भएको छ। काठमाडौं, ललितपुर भक्तपुरमा सर्भे समेत भएको छैन।

मैले पहिले पनि भनेको थिएँ - यो नक्साका आधारमा आफै घर बनाउनुस्। त्यसअनुसार भएको भए यतिबेलासम्म लाखौ घर बनिसक्थे। तर सम्झौता र त्यसपछि मात्र रकम दिने भन्ने घोषणाले जनता घरबिहीन अवस्थामा छन्।

विगतमा कुन समयमा यो डकुमेन्ट बनेको थियो भनेर त्यही कारण मिल्दैन भनेर बस्ने! सामुहिक बसोबासका नाममा पनि भ्रष्टाचार भएको छ यसको छानविन हुनु पर्छ। (कांग्रेस नेता महतले संसदमा गरेको संवोधन। उनको भाषण लगत्तै कांग्रेसले संसद अवरुद्ध गर्‍यो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell