PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धर्मको नाममा अधर्मको व्यापार : बुद्धको प्रार्थना किताबभित्र तपाईँहामीले सोच्नै नसक्ने वस्तु

धर्मको नाममा अधर्मको व्यापार : बुद्धको प्रार्थना किताबभित्र तपाईँहामीले सोच्नै नसक्ने वस्तु

सविन ढकाल/पहिलोपोस्ट



काठमाडौँ :  बौद्ध धर्मावलम्बीहरुले प्रार्थना गर्ने बेलामा वाचन गर्ने रातो रङको किताब। सामान्यतया कसैले पनि कल्पनै गर्न नसक्ने कुरा हो, यो धार्मिक किताबभित्र अधार्मिक वस्तु लुकाइएको हुनसक्छ। 

त्यसो त धार्मिक वस्तु जस्तो संवेदनशील विषयमा बढी केरकार गर्नु उपयुक्त विषयन नहुन पनि सक्छ। 

तर जब विशेष सुराकीका आधारमा लागू औषध नियन्त्रण ब्युरोले साइमन तामाङ र धनबहादुर तामाङलाई पक्राउ पर्योु, तब खुल्यो धर्मको नाममा हुने गरेको अधर्म व्यापारको पोल। 

रातो रङ्गको यो किताबको पानाभित्र दुई केजी चरेस लुकाइराखेको अवस्थामा फेला पर्‍यो। त्यतिमात्र होइन, इँटा आकारको स्ल्याब बनाई लुकाइराखेको अवस्थामा ३० केजी थप चरेस पनि प्रहरीले बरामद गर्‍यो।
​ 
बारा जिल्ला घर भई हाल काठमाडौँको जोरपाटी बस्ने २५ वर्षका साइमन तामाङ र नुवाकोट पुर्ख्यौली घर भई हाल कपन डेरा गरी बस्ने ३७ वर्षका धनबहादुर तामाङले भारत लैजान लागेको अवस्थामा चरेस सहित प्रहरीले पक्राउ गरेको हो। 

साइमन ५ वर्षदेखि लागूऔषध कारोवारमा संलग्न रहेको प्रहरीको बयानमा खुल्न आएको छ। उनले अहिलेसम्म १९ पटक लागुऔषध ओसार प्रसार गरेको प्रहरीको भनाई छ। उनले थाइल्याण्ड र भारतमा ओसारपसार गर्ने गरेको प्रहरी बताउँछ। 

धनबहादुर तामाङ भने सन् २०११ बाट कारोवारमा संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ। उनले अहिलेसम्म हल्यान्डमा दुईपटक र दिल्लीमा ३ पटक चरेसको ओसारपसार गरेको खुल्न आएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell