PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

​चौथो मिनेटमै पछि परेको आइसल्याण्डले उत्कृष्ट कमब्याक गर्दै इंगल्याण्डलाई हरायो



पहिलोपोस्ट

​चौथो मिनेटमै पछि परेको आइसल्याण्डले उत्कृष्ट कमब्याक गर्दै इंगल्याण्डलाई हरायो

स्टार खेलाडीहरुले भरिएको इंगल्याण्डलाई स्तब्ध पार्दै आइसल्याण्ड फ्रान्समा जारी युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। युरो अन्तर्गत प्रिक्वाटरफाइनलको अन्तिम खेलमा आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हरायो।

खेलको चौथो मिनेटमै एक गोलले पछि परेको आइसल्याण्डले उत्कृष्ट कमब्याक गर्दै इंग्ल्याण्डलाई स्तब्ध पारेको हो। सुरुवाती अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा दाबेदार इंग्ल्याण्ड प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। 

सरप्राइज प्याकेजको रुपमा रहेको आइसल्याण्डले इंग्ल्याण्ड विरुद्धको जितसँगै जारी युरोमा अपराजित यात्रा कायमै राखेको छ। पहिलो पटक युरोकप खेल्दै गरेको आइसल्याण्डले क्वाटरफाइनलमा पुग्दै ऐतिहासक उपलब्धी हासिल गरेको छ। 

तीन वटै गोल पहिलो हाफमा सम्भव भएको खेलको चौथो मिनेटमै कप्तान वायन रुनीले पेनाल्टीमा गोल गर्दै इंगल्याण्डलाई पहिले अग्रता दिलाए। 
तर इंगल्याण्डको अग्रता लामो समय टिकेन। दुई मिनेटपछि नै राग्नर सिगुरसनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

१८ औं मिनेटमा कोल्बेइन सिथमेरसनले गोल गर्दै आइसल्याण्डलाई २–१ को अग्रता दिलाए। त्यसपछि बाँकी ७२ मिनेटमा दुवैतर्फबाट गोल हुन सकेन र खेल आइसल्याण्डले इंगल्याण्ड विरुद्ध ऐतिहासिक जित हात पार्यो। 

आइसल्याण्डले इंगल्याण्डलाई पराजित गरेको यो पहिलो पटक हो। आइसल्याण्ड अब क्वाटरफाइनलमा आयोजक फ्रान्सँग खेल्नेछ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell